back
NMB ad

काँग्रेस महामन्त्री कोइरालाको आदेशमा दुई घण्टामै मन्त्रालय तानिए कार्यकारी अधिकृत

Kumari bank ad

कावासोती । नेपाली काँग्रेसका महामन्त्री एवं नवलपरासी क्षेत्र नं. १ का सांसद डा. शसांक कोइरालाको निर्देशनमा देवचुली नगरपालिकाका कार्यकारी अधिकृत मन्त्रालय तानिएका छन् । दशैं अगाडि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सरुवा गरेर देवचुली पठाएको कार्यकारी अधिकृत चिरिञ्जीवी गिरीलाई कार्यालयमा हाजिर भएको दुई घण्टामै मन्त्रालय हाजिर हुने ब्यहोराको पत्र फ्याक्स मार्फत पठाइएको छ ।

निर्वाचनका बेला आफ्नो निर्वाचन क्षेत्रमा आफूअनुकलका कार्यकारी अधिकृत हुनुपर्ने भन्दै लविङ्ग गरेका कोइरालाले देवचुली र गैंडाकोट कार्यकारी अधिकृतमा सरुवा भएर गएकै कर्मचारीलाई फिर्ता गरेका हुन् । सोमबार हाजिर भएका कार्यकारी अधिकृत गिरीलाई सोमबारै मन्त्रालय तानिएको हो । कोइरालाले संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजय गच्छदारलाई दवाव दिदै पुरानै कार्यकारी अधिकृत मानबहादुर खड्कालाई देवचुली पठाएका हुन् । सरुवा भएपछि शसांकका पिएले अधिकृत गिरीलाई भेट्न बोलाएको तर गिरी नगएपछि उनीहरुको डिजाइनमा कोइरालाले मन्त्रालय तान्न दवाव दिएको खुलासा भएको हो ।

जिल्ला समन्वय समिति नवलपरासीले नन्दीजन्य पदार्थको अबैध उत्खनन गरेको भन्दै काँग्रेस महासमिति सदस्य बिष्णुबहादुर कार्की संलग्न स्मृति निर्माण सेवालाई कारबाही थालेपछि नवलपरासीका तत्कालिन स्थानीय विकास अधिकारी जीवलाल भुसाल र त्यसपछि आएका स्थानीय विकास अधिकृत युवराज कट्टेललाई सरुवा गर्न काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा दवाव दिएपछि उनीहरुको पनि कार्यालयमा हाजिर भएको एक महिनामै सरुवा हुनु परेको थियो । काँग्रेस नेताहरुको स्थानीय कर्मचारीमा देखिएको नाङ्गो हस्तक्षेप अन्त्य हुन नसक्दा जिल्लाको विकासको गति समेत प्रभावित बन्ने गरेको छ ।

प्रकाशित मितिः२०७४ असोज २६

वि.सं.२०७४ असोज २६ बिहीवार १८:०८ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...