back
NMB ad

प्रकोपको कारण विकासले सोचेजति गति लिन सकेन ः मन्त्री गौतम

Kumari bank ad

काठमाडौ । सिचाइँ मन्त्री सञ्जयकुमार गौतमले प्राकृतिक प्रकोपका कारण पनि विकासले सोचेजति गति लिन नसकेको बताएका छन् । नेपाल भौगर्भिक समाजद्धारा अन्तर्राष्ट्रिय प्रकोप न्यूनीकरण दिवसमा आयोजना गरेको कार्यशालामा मन्त्री गौतमले भूकम्प, भूक्षय, बाढी, पहिरो, हिमतालजस्ता प्राकृतिक प्रकोपको हिसाबले अति नै जोखिम रहेकाले विकासको काममा सहजता नभएको बताए ।

उनले नेपालमै रहेको स्रोत साधनको प्रयोग गर्दै अनुसन्धानमूलक तरिकाबाट विकासको काम अघि बढाउनुपर्नेमा पनि जोड दिए । कार्यक्रममा पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई न्यूनीकरण गर्न वैज्ञानिक तरिकाले विकासको काम अघि बढाउनुका साथै एकीकृत बस्तीलाई जोड दिनुपर्ने धारणा राखे । राष्ट्रपति चुरे तराई मधेश संरक्षक समितिका अध्यक्ष डा वीरेन्द्रकुमार यादवले मुलुकमा सबैभन्दा पछि परेको स्थान चुरे रहेको भए पनि राज्यको ध्यान कम परेकाले बजेट पनि अत्यन्तै कम छुट्याइने गरेको गुनासो गरे ।

नेपाल भौगर्भिक समाजका उपाध्यक्ष गणेश त्रिपाठीले मानिसको लापर्बाहीका कारण पहाडको वनजंगल फँडानी हुने, तराईको उर्बर भूमिमा बालुवा आउने क्रम तीव्र रहेको हुँदा यसले झन प्राकृतिक विपत्तिलाई बढाएकाले राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । रासस

प्रकाशित मितिः २०७४ साउन २७

वि.सं.२०७४ असोज २७ शुक्रवार १३:५३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...