back
NMB ad

दुई कम्पनीको क्रमशः४५% र २५% हकप्रद निष्काशनबारे जान्नुहोस् !

Kumari bank ad

काठमाडौ । रिलायन्स फाइनान्सले सेयरधनीलाई ४५ प्रतिशत हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले रिलायन्सलाई १०ः४.५ अनुपातमा १०० रुपैयाँ दरको २३ लाख ६ हजार ५७१.६० कित्ता अर्थात २३ करोड ६ लाख ५७ हजार १६० रुपैंया बराबरको हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

रिलायन्सको हकप्रदमा सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हाल रिलायन्सको चुक्ता पुँजी ५१ करोड २५ लाख ७१ हजार रुपैयाँ छ । हकप्रद बिक्री गरिसकेपछि कम्पनीको चुक्ता पुँजी ७४ करोड ३२ लाख २८ हजार १६० रुपैयाँ पुग्नेछ ।

यता तनहुँको भानु–१ मा केन्द्रीय कार्यालय रहेको आर्थिक समृद्धि लघुवित्त संस्था लिमिटेडले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । संस्थाको पहिलो बार्षिक साधारणसभाले संस्थापक समूहलाई २५ प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको हो । कम्पनीको चुक्ता पूँजी दुई करोड ४५ लाख रुपैयाँ छ ।

साधारणसभाले मंसीर मसान्तभित्र १० शाखा संचालन गर्ने निर्णय पनि गरेको छ । संस्थाले पश्चिमाञ्चलका १० जिल्लालाई कार्यक्षेत्र अनुमति साथै संचालन अनुमति प्राप्त गरेको छ ।

प्रकाशित मितिः २०७४ असोज २९

वि.सं.२०७४ असोज २९ आइतवार १०:१८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...