back
NMB ad

अन्नपूर्ण पदयात्रा मार्ग क्षेत्रका होटल संकटमा

Kumari bank ad

बेनी । जताततै कच्ची सडक निर्माण हुँदा अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा छोटिँदै गएको छ । यसअघि एक महिना लाग्ने अन्नपूर्ण संरक्षण क्षेत्रका प्राकृतिक तथा पर्यटकीयस्थलको यात्रा मोटरबाटोका कारण छोटिएको छ । यसबाट ट्रेकिङ व्यवसाय नै संकटमा परेको व्यवसायीको गुनासो छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन क्रमिक रूपमा वृद्धि हुँदै गए पनि पदायात्रा भने छोटिँदै गएको टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष दीपक अधिकारीले बताए । “योसँगै अन्नपूर्ण क्षेत्रको मजदुरीमा आश्रित मजदुरको रोजीरोटी नै धरापमा परेको छ,” उनले भने ।

भूकम्पपछि क्रमिकरूपमा पर्यटक आगमन वृद्धि हुँदै गए पनि जथाभावी कच्ची सडक निर्माणले पदयात्रा छोटिँदै गएको हो । “महिना दिनको यात्रा हुँदा पर्यटन व्यवसायी, सरकार, स्थानीय र आबद्ध सबैलाई फाइदा हुन्थ्यो । मोटरबाटो आवश्यक भए पनि जथाभावी खनिएका कच्ची सडकले पर्यटन उद्योग खुम्चिन पुगेका छन्” अध्यक्ष अधिकारीले भने ।

नेपालकै चर्चित पदयात्राका रूपमा रहेको यस क्षेत्रको पदयात्रा सुरक्षित र व्यवस्थित बनाउन पर्यटन बोर्ड पोखराको अनुमति लिनुपर्ने व्यवस्था छ । बोर्डबाट अनुमति लिएका पर्यटक अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)लाई तोकिएको शुल्क तिरेपछि मात्र पदयात्रामा जान पाउँछन् ।

अनावश्यक सडक निर्माणले पर्यटकको पदयात्रा र बसाई अवधि छोटिएकाले उनीहरूले गर्ने खर्चसमेत घटेको व्यवसायीको भनाइ छ । पदयात्रा अवधिसँगै यस क्षेत्रका स्थानीयको पर्यटन व्यवसायबाट हुने आम्दानी पनि घटेको छ । आधा दशक अगाडिसम्म दैनिक २०० को हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग हिजोआज संकटमा परेका छन् । पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा पर्दै जान थालेको छ ।

जिल्लाकै प्रमुख पर्यटकीयस्थल घोडेपानी, तातोपानी हँुदै मुस्ताङ जाने पर्यटकले प्रयोग गर्ने बेनी–जोमसोम सडकअन्तर्गत पोखरेबगर–घार– शिखगाउँ हुँदै प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीमा पुग्ने पदमार्गमा सडक विस्तार भएपछि त्यस क्षेत्रका होटल बन्द हुने अवस्थामा पुगेका छन् । अव्यवस्थित पदमार्ग, स्थान परिचय झल्काउने बोर्ड, पदमार्ग चिह्नलगायतका पूर्वाधार नहँुदा पर्यटकले रुट परिवर्तन गरेको घारकी पर्यटन व्यवसायी राममाया पुनले बताए । रासस

फाईल फोटो गुगलबाट

प्रकाशित मितिः २०७४ असोज ३०

वि.सं.२०७४ असोज ३० सोमवार १४:२० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...