back
NMB ad

उखु किसानले भुक्तानी पाएनन्,चाडवाडका बेला किसान आक्रोशित

Kumari bank ad

रौतहट । जिल्लाको एकमात्र ठूलो उद्योगका रुपमा रहेको गरुडास्थित श्रीराम सुगर मिलले दिपावली र छठमा पनि उखु बापतको भुक्तानी नदिँदा यहाँका किसान आक्रोशित भएका छन् । पटक पटक भुक्तानीको भाखा सार्दै आएका उद्योगीले चाडबाडको मुखमा अनेक बहाना बनाउने र आफैंले गरेको भाखाअनुुसार भुक्तानी नदिएका कारण किसानहरू मिल प्रशासन र उद्योगीप्रति आक्रोशित बनेका हुन् ।

तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको रोहवरमा मन्त्रालयमै तत्काल भुक्तानी दिन सुुरु गर्ने बताएका उद्योगपतिद्वय हृतेष गोल्छा र ललित अग्रवालले एक वर्ष बित्न लाग्दा पनि भुक्तानी दिन नसकेको उखु उत्पादक किसान संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए । गत वर्ष किसानले मिललाई दिएको उखु वापतको रु एक करोड, २०७२ सालको रु तीन करोड र २०७१ सालको रु १८ करोड गरी कुल २२ करोड बक्यौता रहेको अध्यक्ष यादवले जानकारी दिए ।

उद्योग मन्त्री जोशीको रोहवरमा भाखा गरेर पनि उद्योगपतिले किसानको रकम भुक्तानी नदिँदा बाध्य भएर गत वैशाखमा किसानले पटक पटक मिलमा तालाबन्दी गरे तर भुक्तानी पाउन सकेनन् । तालाबन्दीपछि उद्योगपतिले दशैंसम्म सम्पूर्ण रकम भुक्तानी गर्ने बताए पनि हालसम्म भुक्तानीको प्रक्रिया सुुरु नगरेकाले बिहीबारदेखि पुुनः श्रीराम सुगर मिलमा तालाबन्दी गर्ने अध्यक्ष यादवले बताए ।

वर्षमा एकपटक आउने लोकपर्व दीपावली र छठको मुखमा पनि उद्योगपतिले भुक्तानीको सट्टा अनेक बखेडा देखाइरहेकाले आँउदो सिजनमा श्रीराम मिललाई जिल्लाका किसानले उखु नदिने कृषक राम भरोसी यादवले चेतावनी दिए । श्रीराम सुगर मिलका महाप्रबन्धक गणेश पाण्डेले किसानको रकम भुक्तानीका लागि उद्योगपतिसँग कुुरा भइरहेको बताउँदै रकम आउनासाथ भुक्तानी सुुरु गर्ने प्रतिवद्धता जनाए ।

जिल्लाको व्यापारिक केन्द्र गरुडामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा २०५१ सालमा श्रीराम सुगर मिलको स्थापना भएको थियो । स्थापनापछि उद्योगपति दिवाकर गोल्छाले केही वर्षसम्म मिललाई नियमित रुपमै सञ्चालन गरेका र किसानलाई उखुबापतको रकम समेत समयमै भुक्तानी दिएका थिए । तर पछिलो एकदशकदेखि उद्योगपति र मिल प्रशासनको लापर्बाहीले उखुखेती गर्ने हजारौं किसान समस्यामा परेका छन् ।

वर्षभरीको मिहिनेत र घरको पुँजी लगाएर उब्जनी गरेको उखु मिललाई दिएर भुक्तानीका लागि वर्षौ कुुर्नुुपर्ने बाध्यताका कारण किसानहरू चिन्तित हुँदै गएका छन् ।प्रत्येक सिजनमा २७ लाख क्विन्टलसम्म उखु क्रसिङ गर्ने श्रीराम मिललाई किसानले नपत्याएका कारण गत वर्षमात्र सात लाख क्विन्टल उखुको क्रसिङपछि मिल बन्द हुनपुगेको थियो । रौतहट, बारा, सर्लाहीका उखु किसानको वर्षौदेखिको पीडालाई सरकार र स्थानीय प्रशासन कसैले पनि सम्बोधन गर्न नसकेको दुखेसो पीडित किसानको छ ।रासस

प्रकाशित मितिः २०७४ कार्तिक २

वि.सं.२०७४ कात्तिक २ बिहीवार ११:५१ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...