back
NMB ad

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता सुरु हुँदै, कात्तिक १५ को मिति ख्याल गर्नुहोस् 

Kumari bank ad

वालिङ, स्याङ्जा । यही कात्तिक १५ देखि २० गतेसम्म भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुनेभएको छ ।

बाबु एडभेञ्चर क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित २५ विदेशी मुलुकका झण्डै ३०० खेलाडीको सहभागिता रहने बाबु एडभेञ्चर क्लबका अध्यक्ष कृष्णजंग केसीले जानकारी दिए ।

स्याङ्जाको स्वरेक मैदान प्याराग्लाइडिङका लागि एक उत्कृष्ट स्थान रहेको र यहाँबाट दैनिक प्याराग्लाइडिङ भइरहने गरेको छ ।

यस ठाउँमा प्याराग्लाइडिङसम्बन्धी प्रशिक्षण दिने स्कुलसमेत रहेकाले यस क्षेत्रको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक तथा खेलाडी भित्र्याउन सकियोस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको केसीले बताए ।

प्रतियोगितामा स्याङ्जा जिल्लाका चापाकोट, गहाँैसुर, सिर्सेकोट, मिर्मी, हुनिकोट, सतौँ, खिलुङ र सिरुवारीलाई समेट्ने लक्ष्य लिएर आयोजना गरिएको हो । प्याराग्लाइडिङ प्रतियागितामा अमेरिका, बेलायत, चीन, भारत, स्पेन, स्विट्जरल्याड, बंगलादेश लगायतका देशका खेलाडीको सहभागिता रहनेछ ।

छ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा रु ८५ लाख खर्च हुने अनुमान आयोजक बाबु एडभेञ्चर क्लबले गरेको छ । प्रतियोगिताबाट सन् २०१८ मा इन्डोनेसियामा हुने एशियाली हवाई खेलकुदका लागि चार महिला र आठ पुरुष छनोट गरिनेछ । रासस

प्रकाशित मितिः २०७४ कार्तिक ६

वि.सं.२०७४ कात्तिक ६ सोमवार १०:३५ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...