back
NMB ad

अबको ६ दिनभित्र सेयर किन्नेले पाउनुहुनेछ क्रमशः १२% र १५% बोनस ! सेयर किनिहाल्नोस्

Kumari bank ad

काठमाडौ । नेपाल बंगलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको ३०९ औँ संचालक समितिको बैठकले उक्त प्रस्ताव ल्याएको हो ।

साधारण सभा गर्न बैंकले कात्तिक १३ गतेदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्नेछ । यसआधारमा, लाभांश पाउन र साधारण सभामा भाग लिन कात्तिक १२ गतेभित्र बैंकको सेयरधनी बनिसक्नुपर्नेछ । बैंकले मंसिर ३ गते साधारण सभा बोलाएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

यस्तै सनराईज बैंकले कात्तिक ३० गते साधारण सभा बोलाएको छ । बैंकले गत आार्थिक बर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्देछ ।

त्यस्तै संस्थापक सेयरधनी समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, र संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दा सीमा नाघेको १३ लाख ९६ हजार ४०९ रुपैयाँ अनुमोदन प्रस्ताव रहेको छ । यसैगरि गत वर्षको नाफाबाट १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्ने व्यवस्था पारित गर्ने लगायतका रहेका छन् ।

साधारण सभाका लागि बैंकले कात्तिक १३ गतेदेखि बुक क्लोज गर्ने भएको छ । यसअनुसार कात्तिक १२ गते आईतबारसम्म सेयर खरिद गरी कायम भएका सेयरधनीले बोनस प्राप्त गर्नेछन् ।

प्रकाशित मितिः २०७४ कार्तिक ६

वि.सं.२०७४ कात्तिक ६ सोमवार १२:४९ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...