back
NMB ad

टान कोषाध्यक्षका आकाँक्षी दिनेशको टानमा आर्थिक समृद्धिको लक्ष्य

Kumari bank ad

काठमाडौ । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान) को ३९ औं वार्षिक साधारण सभा तथा निर्वाचन आगामि कार्तिक १२ गते हायात होटल बौद्धमा हुन गईरहेको छ । उक्त निर्वाचनमा वर्तमान कार्यसमितिका सदस्य एवं टिम्स विभागका संयोजक  तारानाथ लामिछाने (दिनेश)ले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिंदैछन् । आखिर टानमा दोस्रो कार्यकालका लागि उनको उम्मेदवारी किन त ? हेर्नुहोस् तारानाथ लामिछाने (दिनेश)का एजेण्डाहरुः

१)टानमा भएका आर्थिक गतिबिधिलाई पारदर्शी बनाउने ।बिधानले व्यवस्था गरेअनुरुप वार्षिक क्यालेण्डर अनुसार कार्यक्रम बनाएर प्रक्रिया पुर्याएर मात्र खर्च गर्ने परिपाटी बसाल्ने ।
२)सचिवालयलाई व्यवस्थित पार्ने ।
३)टानका साधारण सदस्य कम्पनीहरुलाई प्रत्यक्ष फाईदा हुने कार्यक्रमहरु गर्ने । नो ट्रेकिङ उइदआउट गाईड एण्ड पोर्टर को फाईललाई कार्यान्वयनमा ल्याउने ।
४)टिम्ससँग सम्बन्धीत बिद्यमान समस्याहरुलाई नेपाल पर्यटन बोर्डसँग मिलेर मजदुरहरुको तिर्नुपर्ने क्षतिपूर्तिको फाईल नेपाल पर्यटन बोर्डमा पठाईएको छ । त्यहाँबाट रकम निष्काशन गरेर पिडितलाई हस्तान्तरण गरिनेछ ।

५)टिम्सलाई अनलाईमार्फत कारोबार गर्नको लागि सम्पूर्ण सफ्टवेयर तयारी अवस्थामा रहेकोले टिम्सलाई तुरुन्तै अनलाईनमार्फत व्यवस्थित गर्ने ।

६)सदस्य कम्पनीहरुको हितलाई ध्यानमा राखी पदयात्रामा जाने मजदुरहरुको सामूहिक बीमा गर्नको लागि आवश्यक प्रक्रियाहरु शुरु भईसकेको हुनाले उक्त काम टिम्स कोषबाट तुरुन्त गर्ने।

समग्रमा पर्यटन वोर्डसंगको सम्बन्धलाई सुमधुर पार्दै टिम्सको रकम व्यवसायीक र मजदुरको हितमा प्रयोग गराउन आफू सक्षम रहेको पनि उनको दाबी रहेको छ । टानलाई आर्थीक हिसावले समृद्ध र मजबुत बनाउने मेरो प्रमुख चुनावी एजेण्डा हो,उनले भने । उनले मजदुरले पाउनुपर्ने रकम उपलब्ध गराउन, आर्थिक अपारदर्शीता हटाउन, स्थानीय तहमा उठाउँदै आएको दोहोरो कर प्रणालीको समाधान गर्न, सदस्यहरुलाई फाईदा हुने नमूनायोग्य काम गर्न आफूले उम्मेदवारी दिन लागेको उनले बताए । ओशो भिजन ट्रेक्स एण्ड एक्सपिडिसनका प्रवन्धक लामिछाने हाल टान कार्यसमिति सदस्य हुन् ।

Taranath lamichhane Dinesh1

आखिर को हुन दिनेश ? रातो अक्षरको लिंक खोल्नुहोस् र पढ्नुहोस् । तारानाथ लामिछाने(दिनेश)

प्रकाशित मितिः २०७४ कार्तिक ७

वि.सं.२०७४ कात्तिक ७ मंगलवार १७:२२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...