back
NMB ad

औद्योगिक ग्रामका लागि भकुण्डेबेँसी क्षेत्रमा स्थलगत अध्ययन शुरु

Kumari bank ad

काभ्रे । उद्योग मन्त्रालयले बिपी राजमार्ग कोरिडोरमा औद्योगिक ग्रामको सम्भाव्यताका लागि भकुण्डेबँेसी क्षेत्रमा स्थलगत अध्ययन शुरु गरेको छ ।

काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा रहेको उक्त स्थानमा सिन्धुली, रामेछाप तथा ललितपुर र भक्तपुरबाट नजिक पर्ने भएकाले ठुलो सम्भाव्यता देखिएको छ ।

उद्योग राज्यमन्त्री रेशम लामाको नेतृत्वमा मन्त्रालयका सचिव, सहसचिवसहितको समूहले त्यस क्षेत्रमा आज औद्योगिक ग्रामका लागि स्थलगत अध्ययन तथा स्थानीयको सुझाव संकलन गरेको हो ।

उद्योग राज्यमन्त्री लामाले मुलुकको आर्थिक समृद्धिका लागि औद्योगिक क्रान्तिको खाँचो औँल्याउँदै प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य रहेको बताए ।

उद्योग सचिव शंकरप्रसाद कोइरालाले मुलुकका विभिन्न क्षेत्रमा औद्योगिक ग्राम स्थापनाका लागि आवश्यक पूर्वाधारको विकासमा मन्त्रालयले रु एक अर्ब खर्च गरिसकेको जानकारी दिए ।

सहसचिव गोपीकृष्ण खनालले त्यहाँ औद्योगिक ग्राम स्थापना भए स्थानीय स्रोत साधनको समूचित प्रयोग हुने र जनता लाभान्वित हुने बताउनुभयो । नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्माले मधेश र पहाडको बीच भागमा रहेको उक्त नगरपालिकाभित्र राम्रा फराकिला मैदान रहेको जानकारी दिँदै मन्त्रालयले शुरु गरेको अध्ययनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

प्रकाशित मितिः २०७४ कार्तिक ८

वि.सं.२०७४ कात्तिक ८ बुधवार ०६:२५ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...