back
NMB ad

टानमा दाहाल VS लम्सालको भिडन्त,नेतृत्व कसले पोल्टामा पार्दैछ त ?

Kumari bank ad

हरिशरण न्यौपाने, काठमाडौ । पर्वतीय तथा पदयात्रा क्षेत्रको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)को आगामि कार्यकालको नेतृत्व हत्याउनका लागि मुख्यरुपमा २ पक्षबीच चुनावी भिडन्त हुने देखिएको छ । टानको पूर्वकार्यसमितिको महत्वपूर्ण पदमा रहेर अनुभव संगालेका नवराज दाहाल र मोहन लम्सालबीच प्रतिष्पर्धा  हुने देखिएको हो ।

दुवै पक्षले प्यानलसहित आफ्नो उम्मेदवारी घोषणा गरेको छ । नेकपा (एमाले) र नेकपा माओवादी(केन्द्र) सहित बाम गठबन्धनको समर्थनमा नवराज दाहाल नेतृत्वको प्यानल खडा भएको छ । त्यस्तै नेपाली कांग्रेस लगायत प्रजातान्त्रिक र स्वतन्त्र गठबन्धनको तर्फबाट मोहन लम्साल नेतृत्वको प्यानल खडा भएको छ । अन्य स्वतन्त्र उम्मेदवारीले यी दुई प्रतिष्पर्धीहरुलाई धक्का दिने देखिएपनि मुख्यत: यी दुई पक्षबीच नै चुनावी प्रतिष्पर्धा हुनेछ ।

दाहाल नेतृत्वमा को–को छन् ?

नवराज दाहाल नेतृत्व समूहको बरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र भुषाल, प्रथम उपाध्यक्षमा जीवन थापामगर, द्वितीय उपाध्यक्षमा ऋषिप्रसाद नेपाल, महासचिवमा आङ पेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सह–कोषाध्यक्षमा तारा लामा रहेका छन् ।

त्यस्तै, कार्यसमिति सदस्यहरुमा कविता लामिछाने रिजाल,रविन्द्र अधिकारी, राजनप्रसाद काप्री,गोपाल श्रेष्ठ, जीवन लामा,बाबुराम गुरुङ, सुकबहादुर लामा,हरिशरण खरेल र हर्कबहादुर गुरुङ रहेका छन् ।

यस समूहका अध्यक्षका प्रत्यासी दाहालले आफ्नो टिम समावेशी र व्यवसायिक भएकोले जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

taan election 2017 navaraj dahal pannel

लम्साल नेतृत्वमा को–को छन् ?

यता मोहन लम्साल नेतृत्व समूहको बरिष्ठ उपाध्यक्षमा खुम बहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, द्वितीय उपाध्यक्षमा निलहरी बास्तोला, महासचिवमा चेवन देवकोटा, सचिवमा चोलेन्द्रबहादुर कार्की, कोषाध्यक्षमा सुवास केसी, सह–कोषाध्यक्षमा किरण धरेल रहेका छन् । त्यस्तै, कार्यसमिति सदस्यहरुमा शेरबहादुर परियार, तपन राजभण्डारी, लाम्गेल जांग्बु शेर्पा, जंगबहादुर लामा, आङ बाबु शेर्पा, ऋतु ग्यान्दम, सूर्य बहादुर थापा, कुलप्रसाद सुवेदी र सरोज कटेल रहेका छन् ।

यस समूहका अध्यक्षका प्रत्यासी लम्सालले व्यवसायिक टान निर्माण गर्नको लागि आफ्नो प्यानल चुनावी मैदानमा उत्रिएको र आफ्नो समूह व्यवसायिक, समावेशी भएकाले जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

taan election 2017 mohan lamsal pannel

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को आसन्न निर्वाचन यहि कार्तिक १२ गते होटल हायातमा हुन गईरहेको छ ।

प्रकाशित मितिः २०७४ कार्तिक १०

वि.सं.२०७४ कात्तिक १० शुक्रवार १२:५० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...