back
NMB ad

संस्थाको कोषलाई पारदर्शी तथा पर्यटकीय गतिविधीमा मात्र केन्द्रित गर्छु : तिमल्सिना

Kumari bank ad

रामकृष्ण तिमल्सिना, कोषाध्यक्ष पदका उम्मेदवार

वि.सं. २०३९ साल असोज २० गतेका दिन धादिङको त्रिपूरेश्वरमा जन्मिएका रामकृष्ण तिमल्सिना एक युवा तथा जुझारु पर्यटन व्यवसायीका रुपमा परिचित छन् । सन् २००० बाट पर्यटन सहयोगिको रुपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका तिमल्सिनाले ६ बर्षको छोटो अवधीमै सन् २००६ बाट व्यवसायीक यात्रा तय गरेका हुन् ।

मानविकी संकायमा स्नातक तहसम्मको औपचारिक शीक्षा हाँसिल गरेका उनी हाल हिमालयन सिनेरी ट्रेक्स एण्ड एक्पिडिसन प्रा.लि.का संचालक हुन् । पर्यटन व्यवसायसंगै लायन्स क्लब अफ काठमाण्डौं हिमचुलीमा आवद्ध तिमल्सिना नमुना नेपाल फाउन्डेसनको अध्यक्ष समेत हुन् ।

टानको कोषाध्यक्ष जस्तो गरिमामय पदमा आफ्नो उम्मेदवारी दिएका उनले टानलाई आर्थिक हिसावले मजबुत बनाउने उद्देश्यका साथ आफ्नो निर्वाचनमा होएिका छन् । उनले संस्थाको कोषलाई पारदर्शी तथा पर्यटकीय गतिविधीमा मात्र केन्द्रित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले नेपाल पर्यटन वोर्डमा अड्केर बसेको टिम्स मार्फतको रकमलाई यथासक्य छिटो निकासा गर्ने र नेपाल सरकार लगायत पर्यटनका सम्पूर्ण संस्थाहरुसंग सुमधुर सम्बन्ध स्थापित गर्ने बताएका छन् ।

उनी नवराज दाहाल नेतृत्वको समावेशी तथा व्यवसायीक समुहका उम्मेदवार हुन् ।

वि.सं.२०७४ कात्तिक ११ शनिवार १०:४० मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...