back
NMB ad

उद्यम व्यवसाय सञ्चालनका लागि बिना ब्याजमा ऋण

Kumari bank ad

तेह्रथुम । जिल्ला युवा समितिको कार्यालयले तीनवटा युवा समूहलाई उद्यम व्यवसाय सञ्चालनका लागि बिना ब्याज ऋण प्रदान गरेको छ । सरकारको युवा उद्यम विकास कार्यक्रमअन्तर्गत समितिले जिल्लामा रहेका सहकारी मार्फतप्रति व्यक्ति रु ५० हजारका दरले तीन समूहका ३० जना युवालाई रु १५ लाख बिना धितो ऋण प्रदान गरेको हो ।

समितिले १६ वर्षदेखि ४० वर्ष ननाघेका युवालाई स्वदेशमै बसी कृषि क्षेत्रको विकाससँगै उद्यमी बनाउने उद्देश्यअनुसार पहिलो वर्षको कार्यक्रमबाट लगानी गरेको जिल्ला युवा समितिका अध्यक्ष नवीन खतिवडाले बताए । ती हरेक समूहमा १० जना शिक्षित युवा संलग्न छन् । उनीहरुले समूहमा प्राप्त गरेको रकम सामूहिक रुपमा व्यवसाय सुरुवात गरी लगानी गर्नुपर्ने प्रावधान रहेको छ ।

यसरी लगानी गरिएको ऋण ६÷६ महिनामा किस्ता बुझाइ पाँच वर्षमा बिना ब्याज सहकारीमार्फत फर्काउने व्यवस्था गरिएकोे अध्यक्ष खतिवडाले बताए । तोकिएको समयमा फर्काउन नसके सहकारीले सहकारीको नीतिअनुसार असुल गर्नेछ ।

समितिले यस वर्ष मौरीपालन, बाख्रापालन र माटो बिनाको तरकारी खेतीमा ऋण लगानी गरेको हो । सदरमुकाम म्याङलुङमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थामार्फत जनचेतना अभियानसँग आवद्ध रहेका १० जना युवालाई माटो बिनाको तरकारी खेतीका लागि जनही रु ५० हजार प्रदान गरेको समितिले जनाएको छ ।

यस्तै मनकामना सामुदायिक विकास सस्थासँग आवद्ध १० जना युवालाई मौरीपालन व्यवसायका लागि र तम्फुला बचत तथा ऋण सहकारी संस्थामार्फत सल्लेरी पशुपालन समूहसँग आवद्ध रहेका १० जना युवालाई बाख्रापालन व्यवसायका लागि जनही रु ५० हजार प्रदान गरेको अध्यक्ष खतिवडाले बताए ।

राष्ट्रिय युवा परिषद्ले युवा उद्यमी बनाउन नेपाल सरकारको स्वीकृति र अनुदान लिई जिल्ला समितिमार्फत प्रस्तावना आह्वान गरेको थियो । सोही आधारमा जिल्लाले समूह छनोट गरी परिषद्मा पठाएको थियो । परिषद्ले उक्त रकम समूहलाई सिधै उपलब्ध गराउन नमिलेपछि जिल्लामा रहेका सहकारी संस्थामार्फत प्रदान गरेको हो । उपलब्ध रकम हिनामिना हुन नदिन र उद्यमसिलताको क्षेत्रमा खर्च भए नभएको बारेमा नियमित अनुगमन राष्ट्रिय युवा परिषद्ले जिल्ला युवा समितिलाई निर्देशन दिएको छ । स्वदेशमै बिना ब्याज र बिना धितो ऋण पाएपछि सामूहिक रुपमा व्यवसायमा लागेर स्वरोजगार बन्न युवालाई प्रेरित गर्ने ध्येयले ऋण उपलब्ध गराइएको अध्यक्ष खतिवडाले बताए । रासस

वि.सं.२०७४ कात्तिक १३ सोमवार १४:५५ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...