back
NMB ad

विश्व स्वास्थ्य संगठनद्वारा क्षयरोग नियन्त्रण प्रयास कमी भएमा चिन्ता व्यक्त

Kumari bank ad

स्वीट्जरल्याण्ड । विश्वभर क्षयरोगको नियन्त्रण गर्न गरिएका प्रयास अझै अपुग भएको भन्दै विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले एक प्रतिवेदन सार्वजनिक गर्दै सोमबार गहिरो चासो व्यक्त गरेको छ ।

विश्व स्वास्थ्य संगठनले भनेको छ, “क्षयरोग अझै धेरै देशका लागि ठूलो समस्या ९भार० बनेको छ । ”
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर रोगका कारण अकालमा हुने मृत्युमा क्षयरोग नवौँ मुख्य कारण रहेको छ । विश्वभर एचआइभी एड्सका कारणले भन्दा क्षयरोगले धेरै व्यक्तिको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले देखाएको छ ।

सन् २०१६ मा क्षयरोगका कारण एक करोड चार लाख व्यक्ति क्षयरोगका कारण विरामी परेका र यसमध्ये १६ लाख ७० हजार व्यक्तिको निधन भएको विश्व स्वास्थ्य संगठनको विश्वको क्षयरोग समस्याबारे सन् २०१७ मा गरेको अध्ययनले जनाएको छ ।
यसैबीच डब्लुएचओ को क्षयरोग अन्त्यको रणनीति तथा संयुक्त राष्ट्रसंघ द्वीगो विकास लक्ष्य कार्यक्रमले सन् २०३० सम्म क्षयरोगको समस्या अहिलेको तुलनामा ९० प्रतिशतले घट्ने जनाएको छ ।
विश्वभर प्रतिबर्ष दुई देखि तीन प्रतिशतका दरले क्षयरोगको समस्या कम बनेको भएपनि यो नै सन्तोषजनक नतिजा नभएको क्षयरोग अन्त्य रणनीति कार्यक्रमको भनाई छ । रासस

प्रकाशित मितिः २०७४ कार्तिक १४

वि.सं.२०७४ कात्तिक १४ मंगलवार १०:४७ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...