back
NMB ad

पर्यटन व्यवसायी लिम्बु प्रतिनिधि सभाका उम्मेदवार,राजनीतिमा सक्रिय भएपछि के भन्छन् उनी ?

Kumari bank ad

काठमाडौ । आगामि मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका निम्ति पर्यटन व्यवसायी दल बहादुर (डिबी) लिम्बु उम्मेदवारी बनेका छन् । नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट प्रत्यक्षतर्फ ललितपुर जिल्ला क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका लिम्बुसहित अन्य उम्मेदवारको नाम केही दिन अघि ललितपुरमा चुनावी प्रचारप्रसार कार्यक्रमबीच पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सार्वजनिक गरेका हुन् ।

विगत तीन दशकदेखि पर्यटनमा आवद्ध लिम्बुले मुलुकमा सधैं राजनीतिक अस्थिरताका कारण आर्थिक विकास हुन नसकेको भन्दै समग्र पर्यटनको विकासद्धारा मुलुकको आर्थिक विकास गराउन सकिने बताए । पर्यटनको माध्यमद्धारा मुलुकको विकास र शुद्ध आर्थिक एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएकाले जनताले अत्याधिक मतले बिजयी गराई एक पटक काम गर्ने अवसर दिने कुरामा आफू ढुक्क रहेको उनले बताए ।

को हुन् लिम्बु ? पढ्नुहोस्

भनिन्छ समय नै जीवन हो । समयले मानिसलाई जता लान्छ जीवन उतै जान्छ । दल बहादुर लिम्बुको जीवन पनि यस्तै भयो । ब्रिटीस आर्मीमा जागिर खाने उनको सोच थिएन तर १४ वर्षको उमेरमा जागिरे भए । त्यस्तै, पर्यटन व्यवसाय अंगाल्ने उनको उदेश्य थिएन तर अहिले सफल पर्यटन व्यवसायीको रुपमा स्थापित पनि भए । त्यस्तै, राजनीतिमा लाग्ने पनि उनको उदेश्य कदापी होइन तर राजनीतिको अग्निपरीक्षामा होमिदै छन् । नजिकिँदै गरेको प्रतिनिधिसभाको निर्वाचनमा उनी नयाँ शक्ति पार्टी नेपालको तर्फबाट ललितपुर जिल्ला क्षेत्र नं ३ बाट उम्मेदवार बनेका हुन् ।

वि.स. २०१८ श्रावणमा धरानमा बुबा रामलाल लिम्बु र आमा आइतोतीको कोखबाट जन्मेका लिम्बु ६ जना सन्तानमध्ये माइलो सन्तान हुन् । उनको बाल्यकाल मध्य वर्गीय परिवारमा बित्यो । स्थानिय बिद्यालय निकेतन मा.वि.बाट अक्षर शुभारम्भ गरेका लिम्बुले त्यहीँबाट २०३५ सालमा प्रवेशीका परीक्षा उत्रिर्ण गरे । त्यसपछि तत्काल उनी ब्रिटीस आर्मीमा जागिर खान हङकङ गए र त्यहाँ उनले १४ वर्ष बिताए । २०४९ सालमा ब्रिटीस आर्मीबाट अवकाश पाएका लिम्बुले केही समय हङकङको एक ट्राभल्स एजेन्सीमा काम गरे । उनी त्यहि हुँदा नेपालप्रति केही गर्नुपर्छ भन्ने भावनाले उकुसमुकुस बनाएपछि २०५१ सालको अन्त्यतिर नेपाल फर्किए । २०५५ सालमा फास्ट ईन्टरनेशनल ट्राभल्स सञ्चालन गरे ।

निजी व्यवसायसँगै २०६१ सालदेखि निरन्तर समाजसेवामा लागेका लिम्बु ०६१ देखि नै ट्राभल्स क्षेत्रको छाता संगठन (नाट्टा) मा आबद्ध भए । सन् २००६ मा उनी नाट्टामा सचिव बने र २००८ मा महासचिव हुँदै
२०१४–०१६ सम्म अध्यक्ष भए ।

फास्ट ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्स र फास्ट ट्राभल्स सोलुसन प्रा.लिको सञ्चालक तथा मेगा बैंक र टुरिजम विकास बैंकको प्रमोटर छन् । समग्र मुलुकको परिवर्तन राजनीतिले मात्र सम्भव छ भन्ने निष्कर्षमा पुगेका लिम्बु व्यवसायसँगै पारदर्शी राजनीतिमा पनि सक्रिय भएर लाग्ने बताउँछन् । प्रतिनिधिसभाको निर्वाचनमा जनताले आफूलाई अपेक्षितभन्दा बढी मत दिएर बिजयी गराउनेमा आफू ढुक्क रहेको उनको दाबी रहेको छ ।

प्रकाशित मितिः २०७४ कार्तिक १९

वि.सं.२०७४ कात्तिक १९ आइतवार १४:५२ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...