back
NMB ad

राइनो गोल्डकप प्रतियोगिताको उपाधि संकटा काठमाडौलाई

Kumari bank ad

नवलपरासी । नवलपरासीमा सम्पन्न राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लब काठमाडौले जितेको छ । नेपाल एपिएफसँग भएको फाइलन खेलमा संकटा क्लब काठमाडौ विजयी भएको हो ।

निर्धारित समयसम्म दुवै समूहबाट एक/एक गोलको बराबरी भएपछि खेल ‘ट्राइबेकर’मा धकेलिएको थियो । निर्धारित समयको ७१ मिनटमा एपिएफका जर्सी नं २७ का हरि कार्कीले पहिलो गोल गरेका थिए भने खेलको ७६ मिनटमा संकटाका जर्सी नं १० का विदेशी मूलका खेलाडी मार्टिन अजाजले गोल गरेपछि निर्धारित समयमा दुवै तर्फबाट एक/एक गोल भएको थियो । खेल ट्राइबेकरमा समेत चार/चार गोल भएपछि खेल ‘सडन डेथ’मा प्रवेश गरेको थियो ।

सडन डेथमा नेपाल एपिएफका खेलाडी टोप विष्टले प्रहार गरेको बल संकटाका गोल्डकिप्पर विनय श्रेष्ठले गोल हुनबाट जोगाएपछि संकटा राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता–२०७४ को विजेता बन्न सफल भएको हो । खेलको विजेता टोलीले नगद रु पाँच लाख २५ हजार ५५५, प्रमाणपत्र तथा सिल्डसहित एक दिनको होम स्टेसमेत चितवन राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण गर्ने अवसर पाएका छन् भने उपविजेता टोलीले नगद रु दुई लाख ५० हजार ५५५, प्रमाणपत्र तथा सिल्ड प्राप्त गरेका छन् ।

देश–विदेशमा गैँडा संरक्षणको सन्देश दिन उक्त प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रकाशित मितिः२०७४ कार्तिक २४

वि.सं.२०७४ कात्तिक २४ शुक्रवार १४:३९ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...