back
NMB ad

मतदाता शिक्षा शुरु

Kumari bank ad

रत्ननगर, चितवन । चितवनमा मतदाता शिक्षाका स्वयंसेवकहरु परिचालन गरिएको छ । जिल्लामा छनोट भएका ४०८ स्वयंसेवकमध्ये १५० जनालाई आज प्रशिक्षण दिएर मतदाता शिक्षाका लागि गाउँगाउँमा परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए । उनका अनुसार आज झण्डै २०० जनाको प्रशिक्षण रहेको र उनीहरुलाई पनि आजै परिचालन गरिनेछ । बाँकी अन्यलाई मंगलबार प्रशिक्षणपश्चात खटाइने ढकालले जानकारी दिए ।

जिल्लामा १६१ मतदान स्थलमा ४०८ वटा मतदान केन्द्र रहेको छ । हरेक मतदान केन्द्रमा एकजना मतदाता शिक्षा स्वयंसेवक रहनेछन् । यसपालि भने उनीहरुले गाउँको टोल विकास संस्था र महिला समूहसँग समन्वय गरेर एउटा टोलमा एकैचोटि मतदाता शिक्षा प्रदान गर्नेछन् ।

यसअघि घरघरमा जाँदा मानिस नभेटिने गरेकाले अहिले सामूहिक रुपमा मतदाता शिक्षा दिन लागिएको छ । यसपटक स्कुलमा गएर विद्यार्थीलाई जानकारी गराई उनीहरुका अभिभावकलाई सिकाउन आह्वान गरिने ढकालले बताए । उनीहरुले मतदान गर्न पर्नाको कारण, मताधिकार के हो, कसरी भोट हाल्दा बदर हुँदैन । किन उम्मेदवार छान्ने भनेर जानकारी गराउनेछन् । भोट बदर नहोस् र धेरै मत खसोस् भन्ने लक्ष्यसहित मतदाता शिक्षा दिन लागिएको हो । जिल्लामा तीन निर्वाचन क्षेत्रमा तीन लाख ५४ हजार ३६ मतदाता रहेका छन् । उम्मेदवारहरु अहिले गाउँगाउँमा चुनावी प्रचार अभियानमा सक्रिय छन् ।रासस

प्रकाशित मितिः २०७४ कार्तिक २७

वि.सं.२०७४ कात्तिक २७ सोमवार १५:४१ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...