back
NMB ad

७.३ रेक्टरको भूकम्पका कारण ३९५ को मृत्यु,२० गाउँ ध्वस्त

Kumari bank ad

तेहरान । इरान र इराकमा आइतबार आएको भूकम्पमा परी कम्तीमा ३९५ जना इरानीको मृत्यु भएको सरकारी टेलिभिजनले सोमबार जनाएको छ । टेलिभिजनले झण्डै ६६ हजार जना घाइते भएको पनि समाचारमा उल्लेख गरेको छ ।

इराक र इरानको सीमा क्षेत्रमा गएको भूकम्प ७.३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरूले जनाएका छन् । उक्त क्षेत्रका साथै कुवेतमा पनि भूकम्पको धक्का महसुस भएको अधिकारीहरूले जनाएका छन् ।

भूकम्पको केन्द्रबिन्दु कुर्द नजिकैको सहर हलब्जामा रहेको छ । इरानको इतिहासका धेरै शक्तिशाली भूकम्पमा यो पनि शक्तिशाली भूकम्प रहेको प्राप्त समाचारमा जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा उद्धारका काममा खटिरहेको उद्धारकर्मी र अधिकारीहरूले सञ्चारमाध्यमलाई बताएअनुसार मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने जनाइएको छ ।

भूकम्पले कैयौँ घर भत्किएका छन् । भत्किएका भवनको भग्नावशेषबाट केहीलाई निकालिएको छ भने अरु केही अझै पनि पुरिएर रहेका छन् । इरानको रेड क्रिसेन्ट संस्थाले सो भूकम्पबाट विशेष गरी इरानतर्फका आठवटा गाउँमा बढी नै क्षति भएको जनाएको छ । साथै अरु पनि कैयौं गाउँ र सहरमा बिजुली आपूर्ति बन्द भएको छ भने सञ्चार सेवा अवरुद्ध छ ।

भूकम्पले बाटोमा समेत क्षति पुगेको छ । बाटो अवरुद्ध नै भएको छ । कतिपय स्थानमा भास्सिएको छ भने केही ठाउँमा पहिरोले आवतजावत नै बन्द गराएको छ । यसका कारण उद्धार टोलीहरूलाई क्षतिग्रस्त स्थानमा पुग्न गाह्रो भएको बताइएको छ ।

भूकम्पलगत्तै अत्तालिएर घरबाहिर सडकमा निस्किएका मानिस अहिलेसम्म पनि घरभित्र पस्न सकेका छैनन् । बारम्बारको पराकम्पनले उनीहरूमा त्रास फैलिएको बताइएको छ । मानिस सडकमा भेला भएर बसेका छन् । पराकम्पन आउनसक्ने डरले उनीहरू घरमा फर्किन सकेका छैनन् । उता कुवेतमा पनि यस्तै अवस्था रहेको छ । सामाजिक सञ्जालमा राखिएका तस्वीरमा कुवेतीहरू पनि पराकम्पनको त्रासले बाहिर सडकमै बसिरहेको देखिन्छ ।रासस/सिन्ह्वा

प्रकाशित मितिः २०७४ कार्तिक २८

वि.सं.२०७४ कात्तिक २८ मंगलवार ११:२० मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...