back
NMB ad

धादिङ २ मा एमाले केन्द्रीय सदस्य लोहनीको जितसंगै बाम गठबन्धनको क्लिनस्विप

Kumari bank ad

धादिङ । धादिङ क्षेत्र नं. २मा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य खेमप्रसाद लोहनी विजयी भएका छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेदवा एवं कानु तथा संसलिय मामिला राज्यमन्त्री दिलमान पाख्रिनलाई ६४० मतले पछाडी पार्दै लोहनी विजयी भएका हुन् । लोहनीले ३६,२५४ मत प्राप्त गरेका छन्  भने पाख्रिनले ३५,६१४ मत प्राप्त गरेका थिए ।

जिल्लाको अन्तिम मत परिणाम सार्वजनिक भएसंगै धादिङको दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेश सभामा बाम गठबन्धनले क्लिनस्विप गरेको छ । क्षेत्र नं. १ मा एमाले धादिङका कार्यवाहक अध्यक्ष भुमि त्रिपाठीले देशभरको फराकिलो मतान्तरको रेकर्ड कायम गर्दै विजयी भएा छन् । प्रदेशसभा तर्फ १(१) बाट एमाले पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डे, १(२) बाट नेकपा माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकराम जमकट्टेल, २(१) बाट एमाले प्रदेश कमिटि सदस्य डा. रामकुमार अधिकारी र २(२) बाट माओवादी केन्द्र निकट ट्रेड युनियन महासंघका महासचिव जगत सिंखडाले विजय हासिल गरेका छन् ।

यस अघि तीन क्षेत्र रहेको धादिङमा २०७० को संविधान सभा निर्वाचनमा नेकपा एमालेले तीन वटै क्षेत्र र २०६४ को संविधान सभा निर्वाचनमा माओवादी केन्द्रले तीन वटै क्षेत्र जितेर कम्युनिष्टको लाल किल्ला बनाएका थिए ।

प्रकाशित मिति २३ मंसिर २०७४

वि.सं.२०७४ मंसिर २३ शनिवार ०८:१७ मा प्रकाशित

You can share this post!

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...