back
NMB ad

‘खाडी मुलुकका घरेलु कामदारको सुरक्षामा गम्भीर हुन आवश्यक’

Kumari bank ad

काठमाडौँ । दक्षिण एशियाली राष्ट्रबाट वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा महिलालाई पठाउँदा उनीहरुको सुरक्षा र अधिकारमा संवेदनशील हुन आवश्यक रहेकामा यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइएमओ), स्विस सहयोग नियोग (एसडिसी) र युएन ओमनले यहाँ आज आयोजना गरेको ‘वैदेशिक रोजगारीमा लैङ्गिक संवेदनशीलताबारे बहुसरोकार परामर्श’ कार्यक्रमका सहभागीले खाडी राष्ट्रमा जाने महिला कामदारको सुरक्षाका लागि स्पष्ट मापदण्ड बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा आइएमओ, अमेरिकाका वरिष्ठ अधिकृत युको हमादा र आइएमओका परामर्शदाता मारी जोसे तायहले कार्यपत्र प्रस्तुत गर्दै विशेषगरी खाडीमा घरेलु कामदारका रुपमा जाने महिला कामदारले विभिन्न समस्या भोग्नुपरेको बताउँदै सो समाधानका लागि गन्तव्य मुलुक र कामदार पठाउने मुलुकले लैङ्गिक संवेदनशीलता अनुगमन संयन्त्रको विकास गर्नुपर्ने सुझाव दिए ।

नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट गन्तव्य मुलुक कुवेत, लेवनान, बहराइन र जोर्डनमा गएका घरेलु कामदारलाई लक्षित गर्दै गरिएको सर्वेक्षण र अध्ययनका आधारमा तयार पारिएको सो कार्यपत्रमा ती मुलुकमा घरेलु महिला कामदारसम्बन्धी स्पष्ट कानून नहुँदा कामदारले विभिन्न समस्या भोग्नुपरेको उल्लेख छ ।

सम्बन्धित गन्तव्य मुलुकसँग घरेलु कामदारसँग सम्बन्धित द्विपक्षीय श्रम सम्झौता गरेर कामदार पठाउन पहल गर्न आवश्यक रहेकामा कार्यपत्रले जोड दिएको छ ।

कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले वैदेशिक रोजगारीमा गएका घरेलु कामदारको अधिकार र सुरक्षाका विषयमा नेपाल सचेत रहेको बताउँदै त्यसका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको जानकारी दिए ।

परराष्ट्र मन्त्रालयका सहसचिव तीर्थराज वाग्लेले पटकपटक गन्तव्य मुलुकसँग घरेलु कामदारको सुरक्षाका विषयमा कुरा राखे पनि धेरै मुलुकबाट अझै स्पष्ट जवाफ आइनसकेको बताए ।

आइएमओ, नेपालका नियोग प्रमुख पउल आई नोर्टोनले दक्षिण एसियाबाट खाडीमा घरेलु कामदारका रुपमा जाने संख्या ठूलो रहेको भन्दै उनीहरुको सुरक्षा र अधिकारका विषयमा यो क्षेत्रका देश संवेदनशील हुन आवश्यक रहेको बताए । दुई दिनसम्म चल्ने कार्यक्रममा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका खाडी राष्ट्रमा कार्यरत कूटनीतिक नियोगका कर्मचारी र श्रम सहचारीको उपस्थिति रहेको छ ।
प्रकाशित मिति ः ६ पुस २०७४

वि.सं.२०७४ पुस ६ बिहीवार ०९:४८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...