back
NMB ad

बैँकको ५ लाख ९७ हजार कित्ता सेयर लिलामीमा, जान्नुहोस् कसरी आवेदन गर्ने

Kumari bank ad

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले सर्वसाधारण समूहको ६७ हजार १०६ दशमलव ६४ कित्ता तथा संस्थापक समूहको ५ लाख ३० हजार २४३ दशमलव १६ कित्ता सेयर लिलाम बढाबढमा विक्री गर्न लागेको छ ।
बैंकले असोज २६ देखि कात्तिक २९ गतेसम्म जारी गरेको १२० प्रतिशत हकप्रदमा अवितरित ५ लाख ९७ हजार ३४९ दशमलव ८० कित्ता सेयरमा पुस ७ गते शुक्रबारदेखि लिलामी खोलेको हो ।
बैंकको सेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ ।
लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । दुवै समूहमा न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जानेगरि सबै कित्ताका लागि आवेदन गर्न सकिनेछ । संस्थापक सेयरमा साविकका संस्थापकहरुले मात्र आवेदन गर्न पाउनेछन् ।
लिलामीमा बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाट, शाखा कार्यालय लगनखेल र चिप्लेढुंगा पोखरा तथा नेपाल कम्युनिटीको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट लिलामीमा आवेदन गर्न सकिनेछ ।

त्यस्तै इन्भेष्टमेन्ट बैंकका विराटनगर, वीरगञ्ज, सुर्खेत नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि बोलपत्र फारम प्राप्त गर्न तथा बुझाउन सकिने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ ।

लिलामी भर्ने अन्तिम दिन पुस १६ गते निर्धारण गरिएको छ । सबै संकलन केन्द्रबाट लिलामी आवेदन विक्री प्रबन्धकको कार्यालयमा प्राप्त भएपछि बोलपत्र खुला गरिने मिति, समय र स्थानको जानकारी सार्वजनिक सूचनाबाट गराइने क्यापिटलले जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स
१२० प्रतिशत हकप्रद पूँजीकरण पश्चात कम्युनिटीको चुक्ता पुँजी ४८ करोड ४६ लाख ४८ हजार ७८० रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा बैंकले ३ करोड ६१ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३९ पैसा कायम गरेको थियो । बैंकको सेयरमूलय विहीबार प्रतिकित्ता १५५ रुपैयाँ रहेको थियो ।

वि.सं.२०७४ पुस ७ शुक्रवार १५:२० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...