back
NMB ad

विरोधकाबीच त्रिशुली गंगा जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न

Kumari bank ad

त्रिशूली । विदुर नगरपालिका वडा नं ७ तुप्चेमा निर्माण हुने मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मल्यांकनसम्बन्धी सार्वजनिक सुनुवाइ गरेको छ ।

१९.४१ मेगावाट क्षमताको उक्त आयोजना पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको हो । तुप्चेस्थित त्रिशूली नदी किनारमा आयोजित सार्वजनिक सुनुवाइमा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले राष्ट्रियरुपमा महत्व राख्ने जलविद्युत् आयोजना सञ्चालन र निर्माण कार्य निर्वाधरुपमा अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश नं ३ का सदस्य हीरानाथ खतिवडाले व्यक्तिगत लाभ, हानि र स्वार्थका कारण यस्ता आयोजनामाथि प्रभाव पार्नु नहुने विचार व्यक्त गरे । तुप्चेमा उत्पादन गृह रहने उक्त जलविद्युत् आयोजनाले त्रिशूली थ्री बीबाट निकास भएको पानीलाई प्रयोग गर्ने वातावरणीय प्रभाव मूल्यांकनमा संलग्न कुमार पौडेलले जानकारी दिए । पाँच अर्बको लगानीमा परियोजना तयार हुने बताइएको छ ।

इनर्जी डेभलपमेन्ट प्रालिका प्रबन्ध निर्देशक भरतकुमार खड्काले कम लगानीमा बढी आम्दानी हुने आयोजनाका रुपमा यसलाई स्थापित गर्ने बताए ।
उत्तरगया धाम क्षेत्र विकास समितिले उक्त परियोजनाले बेत्रावतीमा पानी सुक्ने र त्यसले गर्दा धार्मिक कार्यमा असर पर्ने भन्दै चर्को आलोचना गर्दै आएको छ । सार्वजनिक सुनुवाइ भइरहेको समयमा क्षेत्र विकास समितिले बेत्रावती बजारमा विरोधसभाको आयोजनासमेत गरेको थियो । तर उत्तरगया धाममा आफ्नो आयोजनाका कारण पानी नसुक्ने भरतकुमार खड्काले दाबी गए । उनले उत्तरगया धाम हुँदै बग्ने त्रिशूली नदीमा कम्तीमा सात हजार लिटर पानी छाडिने प्रतिबद्धता जनाए ।

मध्य त्रिशूली गंगा जलविद्युत् आयोजना निर्माण चरणमा नै प्रभावित तथा अति प्रभावित क्षेत्रका नागरिकलाई रोजगारीदेखि क्षमताअनुसारको काममा खटाउने प्रतिबद्धता आयोजनाले सार्वजनिक सुनुवाइमा गरेको छ ।
कार्यक्रममा विदुर नगरपािलकाका प्रमख सञ्जु पण्डित, प्रभावित क्षेत्रका विभिन्न वडाका अध्यक्षहरु, सरोकार भएकाहरु, राजनीतिक दलका प्रतिनिधि तथा संघसंस्थाका पदाधिकारीले मन्तब्य र जिज्ञासा राखेका थिए ।

२०७४ पुस १६ गते प्रकाशित

वि.सं.२०७४ पुस १६ आइतवार ०७:४५ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...