back
NMB ad

तरलता सहज गराउन राष्ट्र बैंकको १० अर्ब रुपैयाँ बजारमा, सेयरबजारमा कस्तो असर ?

Kumari bank ad

काठमाडौ । पछिल्लो समय विकराल रुप लिदै गरेको तरलता समस्याले समाधानको बाटो समातेको छ । तरलताको अवस्था सहज बनाउन नेपाल राष्ट्र बैंकले बुधबार बैंकिग प्रणालीमा थप १० अर्ब रुपैयाँ पठाउने भएको छ । सरकारको विकास ऋणपत्र सिधै खरिद गर्ने उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम वित्तीय बजारमा पठाउन लागेको हो ।

बैंकहरुको माग अत्याधिक भएपछि राष्ट्र बैंकले आज दश अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो। राष्ट्र बैंकका अनुसार मंगलबारसम्म बैंकिग प्रणालीमा ३१ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । गत आइतबार राष्ट्र बैंकले विकास ऋणपत्र उपकरण मार्फत पाँच अर्ब रुपैयाँ बजारमा पठाएको थियो ।

अन्तर बैंक ब्याजदर पाँच प्रतिशत भन्दा बढी पुग्ने अवस्थामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पैसा लिन बोलाउने गरेको छ । बैंकहरुलाई स्थाई तरलता सुविधा अन्तर्गत विकास ऋणपत्र र ट्रेजरी विल धितोमा राखेर रकम लिन सक्ने सुविधा छ ।

गत आइतबार राष्ट्र बैंकले विकास ऋणपत्र खरिद गरेर बैंकहरुलाइए पाँच अर्ब रुपैयाँ दिएको थियो । सो क्रममा १८ वाणिज्य बैंक, दुई विकास बैंक र एक वित्त कम्पनीगरी २१ संस्थाले १९ अर्ब रुपैयाँ माग गरेका थिए ।

बैंकहरुले थप रकम माग गरेको अवस्थामा ब्याजदर करिडोर अन्तर्गत रिपो मार्फत आवश्यक रकम पठाउदै लग्ने राष्ट्र बैंकको नीति छ । तर पछिल्लो दुई साता यता कुनैपनि बैंक तथा वित्तीय संस्थाले रिपो मार्फत पैसा लिन नआएको राष्ट्र बैंकको भनाई छ ।

२०७४ पुष १९ गते प्रकाशित

वि.सं.२०७४ पुस १९ बुधवार १०:४३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...