back
NMB ad

ओली र प्रचण्ड बीच भेटवार्ता : यस्तो छ सहमती

Kumari bank ad

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज साँझ ओली निवास, बालकोटमा भेटवार्ता भएको छ ।

साँझ सवा ६ बजे ओली निवास पुग्नु भएका प्रचण्ड र ओलीबीच करिब डेढ घण्टा भएको भेटवार्तामा पार्टी एकतालाई कसरी निष्कर्षमा पु¥याउने भन्ने र नयाँ सरकार निर्माण एवं राष्ट्रियसभा गठनबारे गम्भीर छलफल भएको छ ।

भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष दाहालले मुख्य रुपमा पार्टी एकतालाई निष्कर्षमा पु¥याउनेबारे छलफल भएको बताए । उनले पार्टी एकतालाई निष्कर्षमा पु¥याउनै पर्छ भन्नेमा आफूहरु बीच छलफल भएको बताउँदै त्यसका लागि सोमबार आआफ्नो पार्टीभित्र छलफल गरेर मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको जानकारी दिए ।

अध्यक्ष दाहालले पार्टी एकता संयोजन समितिबाट पार्टी एकता प्रक्रियालाई छिट्टै टुंगोमा पु¥याउनका लागि वैचारिक, राजनीतिक काम र सांगठनिक काम दुईवटै काम गर्नका निम्ति एउटा टिम बनाएर जिम्मा दिने र केही दिनभित्र पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउनेबारे दुई अध्यक्षबीच सहमति भएको जानकारी दिए ।

अब बन्ने एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने वा नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउँदा आज ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।

भेटमा दुई पार्टीका अध्यक्ष ‘वान टु वान’ (सहयोगी बिना) वार्तामा बसेका थिए । एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार बैंकक जाने तय भएपछि त्यसअघि नै समझदारीको प्रयास स्वरुप भेटवार्ता भएको बताइएको छ ।

२०७४ पुस २४ गते प्रकाशित

वि.सं.२०७४ पुस २४ सोमवार ०५:४७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...