back
NMB ad

४० लाख रुपैयाँ घोटालाको आरोपमा सिभिल बैंकका कर्मचारी पक्राउ

Kumari bank ad

काठमाडौं । आर्थिक घोटालाको अभियोगमा सिभिल बैङ्कका कर्मचारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले झण्डै ४० लाख रुपैयाँ घोटाला गरेको आरोपमा सिभिल बैंकका एक कर्मचारीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । सिभिल बैंकको बौद्ध शाखामा कार्यरत एक कर्मचारीले उक्त रकम हिनामिना गरेको आरोप लागेको छ ।

सिभिल बैंकको बौद्ध शाखाका अप्रेसन इन्चार्ज महेश्वर डंगोलले सिभिल बैंकमै रहेको आफ्नो खातामा उक्त रकम सारेका थिए । त्यसपछि डंगोलले सिभिल बैंकको आफ्नो खाताबाट सनराइज बैंकमा रहेको आफ्नै खाता र केही आफन्तको खातामा रकम ट्रान्सफर गरेका थिए ।

डंगोलले पटक पटक गरी उक्त रकम आफु र आफ्ना आफन्तको खातामा पठाएको पाइएपछि बैंकको उजुरीको आधारमा सिआइबीले प्रकाउ गरेको हो । सिआइबीले डंगोललाई भने सार्वजनिक गरेको छैन । डंगोलले ४० लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको देखिएको छ। उनलाई बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको छ।

२०७४ पुष २४ गते प्रकाशित

वि.सं.२०७४ पुस २४ सोमवार ११:३४ मा प्रकाशित

You can share this post!

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....