back
NMB ad

सेयर बजारमा विस्तारै हरियाली, अप ट्रेन्डको बजारमा कारोबार सुस्त

Kumari bank ad

काठमाडौं। लगातार घटेको बजार पछिल्ला दिनहरुमा विस्तारै बढ्न थालेसंगै लगानीकर्तामा नयाँ आशा पलाउन थालेको छ । हरेक दिनजसो राताम्मै हुने सूचकहरुले रंग फेर्न थाले पछी बजारमा रौनक देखिएको छ । बजार बिस्तारै बढ्न थालेसँगै लगानीकर्ता शेयर बेच्नभन्दा पनि किन्न थालेका छन्। लगानीकर्ताले शेयर डिमान्ड गरिरहेको देखिएपनि बजारमा बेच्ने भने धेरै कम छन्।

सोमबारको बजार १२ अंकले उकालो लागेको भए पनि कारोबार भने ४६ करोड ४६ लाख रुपैयाँको मात्र भयो। कारोबार कम हुनुमा प्रिमियर इन्स्योरेन्स कम्पनीले आह्वान गरेको एफपिओमा तीन अर्ब रुपैयाँ भन्दा धेरैको आवेदनले प्रभाव पारेको देखिएको छ।

सोमबार नेप्से ०.८४ प्रतिशतको बृद्धि सहित १४४३.८ अंकमा पुगेको छ। सोमबार नेप्से ११ः५४ मा १४८८.२२ अंक सम्म पुग्न सकेको भए पनि नेप्सेमा आएको उतारचढावले सो अंकमा टिक्न भने सकेन। होटल उप समुह बाहेक सबै सूचक उकालो लागेका छन्। सोमबार अन्य समुह सबै भन्दा धेरै १.६५ प्रतिशतले बढ्यो। त्यस्तै बीमा समुह १.६४, बाणिज्य बैंक ०.७३, ट्रेडिङ ०.६७, फाइनान्स ०.५१, विकास बैक ०.४१ प्रतिशतले बढेका छन्।

सोमबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड २६ लाख रुपैयाँको कारोबार भयो। त्यस्तै कारोबारमा सबैभन्दा धेरै मल्टिपर्पोज फाइनान्सका शेयरधनीले ९.०१ प्रतिशतले कमाएका छन् भने सबै भन्दा धेरै एनआर्इविएल प्रगति फण्डका लगानीकर्ताले ५.५ प्रतिशतले गुमाए।

बजार १३९० अंक सम्म झरेर उकालो लाग्ने क्रममा बजार विस्तारै पुष ११ गतेको हाराहारीमा पुगेको छ। पुष ११ गते नेप्से १४४७.०४ अंकमा थियो। यसले बजार विस्तारै बढ्दै गएको देखाउँछ।

नेपाल राष्ट्र बैंकले लिक्विडिटी सहजताकालागि केही पहल गर्ने आश्वासन दिएकोले बजारलार्इ केही सपोर्ट गरेको छ। तर आधारभुत रुपमा बजारलार्इ स्थिरता दिने टुल भने तयार भैसकैको देखिदैँन। अनलार्इन ट्रेडिङ तथा मार्केट मेकरका विषयले अझै पनि पूर्णता पाएको छैन।

२०७४ पुष २४ गते प्रकाशित

वि.सं.२०७४ पुस २४ सोमवार १६:२८ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...