back
NMB ad

ब्रोकरलाई धितोपत्रको १० लाख कारबाही, को को परे?

Kumari bank ad

काठमाडौं । नक्कली सेयर कारोबार गर्ने तीन ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले कारवाही गरेको छ ।

ति कम्पनीले चिलिमे जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी र सानिमा माई हाइड्रोपावर कम्पनी को नक्कली सेयर कारोबार गरेको प्रमाणका आधारमा कारवाही गरिएको हो । अग्रवाल सेक्युरिटिज, श्रीहरी सेक्युरिटिज, सप्रवी सेक्यूरिटिज प्रालि तथा सिप्रवी सेक्युरिटिज कम्पनी प्रालिलाई नक्कली कारोबार गरेको अधारमा कारवाही गरिएको बोर्डले जनाएको छ ।

बोर्डले अग्रवाल सेक्युरिटिजलाई र श्रीहरी सेक्युरिटिजलाई १० लाख रुपैयाँको दरमा तथा सप्रवी सेक्यूरिटिज प्रालि तथा सिप्रवी सेक्युरिटिजलाई ५० हजार रुपैयाँ बराबर कारवाही गरेको हो । श्रीहरि सेक्युरिटिज तथा अग्रवाल सेक्यूरिटिजका कार्यकारी प्रमुखलाई जनही ५० हजारका दरमा जरिवाना गरिएको छ ।

जीएण्ड जी इन्भेष्टमेण्ट कम्पनीको नाममा गोविन्द घिमिरे र उनको समूहले यी कम्पनीहरुको नक्कली सेयर कारोबार गरेका थिए ।
चिलिमेको नक्कली सेयर कारोबारमा ग्राहकको स्पष्ट पहिचान खुल्ने कागजात तथा विवरण लिई सोको अभिलेख नराखेको भन्दै अग्रवाल सेक्युरेटिजलाई कारवाही गरेको हो ।

जीएण्ड जी इन्भेष्टमेण्ट कम्पनीको सञ्चालक समितिका सदस्यहरूले चिलिमे जलविद्युत् कम्पनीको १३ हजार ५ सय कित्ता नक्कली सेयर एकआपसमा कारोबार गरेको पाइएको थियो । यी सेयरको धितो राखेर समूहका सदस्यले सिद्धार्थ डेभलपमेण्ट बैङ्कबाट ६४ लाख २० हजार रुपैयाँ र युनाइटेड फाइनान्सबाट समेत ५९ लाख २७ हजार रुपैयाँ कर्जा लिएका थिए । चिलिमे जलविद्युत्को नक्कली शेयर जीएण्डजीका सञ्चालक सृष्टि काफ्ले, सोना दाहाल, रामहरि आचार्यको नामबाट विक्री भएको थियो भने गोविन्द घिमिरेको नामबाट खरीद गरिएको थियो ।

अग्रवाल सेक्युरिटिजको जमानीमा बैङ्क तथा वित्तीय संस्थाले सेयर धितोमा कर्जा दिएका थिए । पछि अग्रवाल सेक्युरिटिजले नै ती बैङ्कलाई कर्जाबापतको रकम चुक्ता गरिदिएको थियो । अग्रवाल सेक्युरिटिजले धितोपत्र बोर्डमा समेत पत्राचार गरेर यी रकम असुल गरिदिन अनुरोधपत्र पेश गरेको थियो ।

त्यही समूहले नेशनल हाइड्रोपावर कम्पनीको नक्कली सेयर कारोबार श्रीहरि सेक्युरिटिज प्रालिबाट भएको थियो । सिप्रवी सेक्यूरिटिज प्रालि. कार्यकारी प्रमुखले यस्तो कारोवार सम्बन्धमा शुरुवातमा जानकारी पाएर पनि सो घटना उजागर गरेको र बजारमा हुने थप क्षतीलाई न्यूनिकरण गर्न सहयोग गरेको अवस्था समेत कम्पनीलाई न्युन कारवाही गरिएको बोर्डले उल्लेख गरेको छ ।

ग्राहकको स्पष्ट पहिचान खुल्ने कागजात तथा विवरण लिएर अभिलेख नराखेकोमा भने सिप्रवी सेक्यूरिटिजलाई कारवाही गरिएको हो । कम्पनीलाई ५० हजार कारवाही सहित सचेत गराइएको छ ।

२०७४ पुस २६ गते प्रकाशित

वि.सं.२०७४ पुस २६ बुधवार १२:२० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...