back
NMB ad

हकप्रद निष्काशन गर्दै नेको र एसियन, कस्को कती ?

Kumari bank ad

काठमाडौ । एशियन लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद जारी गर्ने भएका छन् । बीमा समितिको निर्देशन अनुसार दुई अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा रहेको एशियन लाइफ इन्स्योरेन्सको ५० प्रतिशत हकप्रदमा माघ ७ गतेसम्म कायम सेयरधनीले आवेदन गर्न पाउनेछन् । तेस्तै नेको इन्स्योरेन्स कम्पनीले धितोपत्र बोडबाट चुक्ता पूँजीको ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ता अनुपातमा ३९ लाख २० हजार ९२८ कित्ता हकप्रद सेयर विक्री गर्न अनमुति पाएको हो ।

बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्न प्रयासरत नेकोको गत असोज १० गते सम्पन्न २२ औं बार्षिक साधारणसभाले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो ।

नेकोले हकप्रद निष्काशन गर्नका लागि एनएमबि क्यपिटललाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले मंसिर ५ गते हकप्रद जारी गर्न निवेदन पेश गरेकोमा पुस २५ गते अनुमति पाएको हो । ७८ करोड ४१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको नेको इन्स्योरेन्सको हकप्रद विक्रीपछि एक अर्ब १७ करोड ६२ लाख नाघ्नेछ ।

यता एसियन लाईफले धितोपत्र बोर्डबाट २ः१ अनुपातमा ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ । गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस बितरण गरि चुक्ता पूँजी ८० करोड ५५ लाख रुपैंयाँ पुर्याएको एसियन इन्स्योरेन्सले ४० करोड २७ लाख रुपैंयाँको हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब २० करोड ८३ लाख रुपैयाँ पुग्नेछ ।

चालु आवको प्रथम त्रैमासमा नेकोले तीन करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक २० रुपैयाँ ३० पैसा कायम गरेको छ । कम्पनीको सेयरमूल्य बुधबार प्रतिकित्ता ८६० रुपैयाँ हाराहारी रहेको छ ।

त्यस्तै एसियनको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआर्इबिएल क्यापिटल लाजिम्पाट रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एसियनले १ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ५४ पैसा छ । कम्पनीको सेयरमूल्य मंगलबार प्रतिकित्ता १४२० रूपैयाँ रहेको छ ।

२०७४ पुष २६ गते प्रकाशित

वि.सं.२०७४ पुस २६ बुधवार १५:१३ मा प्रकाशित

You can share this post!

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...