back
NMB ad

भर्नुहोस आवेदन, लघुवित्तको ३ करोडको आइपीओ बजारमा

Kumari bank ad

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड रुपैया बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तको शेयरमा माघ ९ गतेदेखि १२ गतेसम्म आवेदन गर्न सकिने छ । न्युन आवेदन परेमा फागुन ८ गतेसम्म भर्ने मिति खुल्ला रहने छ ।

लघुवित्तले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट वैकिङ हात्तिसार काठमाडौं लाई तोकेको छ । कम्पनीको सेयरमा लगानीकर्ताहरुले न्युनतम ५० कित्ता र अधिकतम १ हजार ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

लघुवित्त संस्थाले १०० रुपैया अंकित दरमा ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । जसमध्य १२ हजार कित्ता कर्मचारीलाई, १५ हजार कित्ता सामुहिक लगानी कोषलाई र वाँकी रहेको २ लाख ७३ हजार कित्ता सर्वधारणलाई छुट्याइएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबिआई मचेण्ट बैकिङ लिमिटेड हात्तिसार काठमाडौ, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय तथा यसका शाखा कार्यालयहरु, नेपाल धितोपत्र वोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आस्वा प्रणाली मार्फत समेत आवेदन दिन सक्ने लघुवित्तले जनाएको छ ।

२०७४ पुष २७ गते प्रकाशित

वि.सं.२०७४ पुस २७ बिहीवार ०९:४४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...