back
NMB ad

धमाधम बोनस घोषणा गर्दै फाईनान्स, हेर्नुहोस कस्को कती ?

Kumari bank ad

काठमाडौ । पुष सकिदै गर्दा प्राय बैङ्क तथा वित्तिय संस्थाले बोनस र हकप्रद निष्कासन गरेका छन् । राष्ट्र बैङ्कले चुक्ता पुँजीको सिमाना तोके पश्चात बैङ्क तथा वित्तिय संस्थामा एकप्रकारको छटपटाहट देखिएको छ । चुत्ता पुजिको सिलिङ भेट्नको लागि बोनस, हकप्रद र साधारण सेयर निष्कासन गर्ने भिडमा फाईनान्सहरु थपिएका छन् ।

यहि क्रममा मन्जुश्री फाइनान्सले गत आर्थिक बर्षको कमाईबाट राष्ट्र बैकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम हुनेगरि बोनस वितरण गरेको छ । फाइनान्सको शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले बोनस र हकप्रदपछि पूँजी पूग्नेगरि बोनस वितरण गर्ने निर्णय गरेको हो ।

फाइनान्स कम्पनीले यसअघि जारी गरेको १७५ प्रतिशत हकप्रदपछि कायम चुक्ता पूँजी ७२ करोड ७८ लाख पाँच सय रुपैयाँको ६ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । फाइनान्सले गत बर्ष १४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

गत आर्थिक बर्षमा ६ करोड ४२ लाख खुद नाफा कमाएको फाइनान्सले चार करोड ३४ लाख ६२ हजार सात सय रुपैयाँको बोनस वितरण गर्न लागेको हो । प्रस्तावित बोनस राष्ट्र बैंक र फाइनान्सको बार्षिक साधारणसभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण हुनेछ ।

त्यस्तै जेबिल्स् फाइनान्सले गत आर्थिक बर्षको नाफाबाट बोनस घोषणा गरेको छ । फाइनान्सको शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीलार्इ असार मसान्तमा कायम पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

फाइनान्स कम्पनीले असोज १ गतेदेखि कात्तिक २० गतेसम्म शतप्रतिशत बराबरको २८ लाख ८९ हजार ५६२ दशमलव ५० कित्ता हकप्रद विक्री गरेको थियो भने हकप्रदपश्चात कायम चुक्त्ता पूँजी ५७ करोड ७९ लाख १२ हजार पाँच सय रूपैयाँको ४० प्रतिशत थप हकप्रद विक्री गर्ने प्रकृयामा रहेको छ ।

फाइनान्सले गत आवमा तीन करोड ६२ लाख ७१ हजार रूपैयाँ मुनाफामध्ये दुर्इ करोड ८८ लाख ९५ हजार ६३५ रूपैयाँको बोनस तथा बोनसमा लाग्ने कर तिर्न १५ लाख २० हजार ८२२ रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस राष्ट्र बैंकको स्विकृती पश्चात कम्पनीको साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीलार्इ वितरण हुनेछ ।

२०७४ पुष ३० गते प्रकाशित

वि.सं.२०७४ पुस ३० आइतवार १८:०९ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...