back
NMB ad

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा प्रधान

Kumari bank ad

चितवन । चितवन उद्योग वाणिज्य संघ चितवनको ५१औँ साधारणसभा तथा ३५ औँ अधिवेशनले सहनलाल प्रधानको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ ।

गएराति सम्पन्न मतगणनामा निकटतम प्रतिद्वन्द्वी राजु श्रेष्ठलाई ३४३ मतले पछि पार्दै प्रधान अध्यक्षमा निर्वाचित भएका हुन् । प्रधानले एक हजार ४८९ मत ल्याउँदा श्रेष्ठले एक हजार १४६ मत प्राप्त गरेका थिए ।

अधिवेशनमा प्रधान र श्रेष्ठको दुई प्यानलमा उम्मेदवारी परेको थियो । पदाधिकारी सबै प्रधान प्यानलका विजयी भएको संघका लेखा अधिकृत डम्मरराज गौतमले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ एक हजार ६१९ मतका साथ विजयी भएका छन् । वाणिज्यतर्फको उपाध्यक्षमा भोजराज कौडेल, उद्योगतर्फको उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ र वस्तुगततर्फको उपाध्यक्षमा चिरञ्जीवी सुवेदी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनले उद्योगतर्फको कार्यसमिति सदस्यमा अशोक अधिकारी, सोमप्रसाद काप्री, सिद्धार्थलाल चुके, कृष्णप्रसाद रिजाल, चन्द्रमणि सापकोटा, रोहितकुमार श्रेष्ठ निर्वाचित गरेको छ । रिजाल भने श्रेष्ठ प्यानलका हुन् ।

वाणिज्यतर्फको सदस्यमा ईश्वरीप्रसाद खराल, राजेन्द्र ओली, ज्ञानुप्रसाद न्यौपाने, लक्ष्मी रिमाल पौडेल, तारानाथ पाठक, थिरप्रसाद धिताल निर्वाचित भएका छन् । धिताल श्रेष्ठ प्यानलका हुन् ।

वस्तुगततर्फ शिव ओझा, विकाश थापा, दीपक पौडेल र किरण खनाल विजयी हुनुभएको छ । महिला सदस्यमा भने रजनी मास्के निर्वाचित हुनुभएको छ । यअसघि नै यमबहादुर विक, शिरिष पन्त र रेशमलाल आचार्य निर्विरोध निर्वाचित हुनुभएको थियो ।

संघमा निवर्तमान अध्यक्षसहित कूल २९ जनाको कार्यसमिति रहनेछ । निर्वाचनमा ४६ जनाको उम्मेदवारी परेको थियो । पुस ३० गतेदेखि अधिवेशन शुरु भएको थियो । संघको निर्वाचनमा दुई हजार ८५६ जना सहभागी थिए ।

२०७४ माघ २ गते प्रकाशित 

वि.सं.२०७४ माघ २ मंगलवार ११:४६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...