काठमाडौ । नेको इन्सुरेन्सले ३९ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले दुई बराबर एकको अनुपातमा यही माघ २६ गतेदेखि हकप्रद शेयर बिक्रीमा ल्याउने लागेको हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३९ लाख २० हजार ९२८ कित्ता सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । इन्सुरेन्सका सेयरधनीले एनएमबि क्यापिटल, एनएमबि बैंकका सबै शाखा कार्यालय तथा आस्वा सेवा प्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय बाट हकप्रद सेयरका लागि आवेदन गर्न सक्नेछन् ।
कम्पनीले निष्कासन गरेको हकप्रदमा माघ ८ गतेसम्म कायम सेयरधनीहरुले आगामी चैत्र १ गतेसम्म आवेदन गर्नपाउनेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी ७८ करोड ४१ लाख ८५ हजार रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब १७ करोड ६२ लाख ७८ हजार रुपैयाँ पुग्नेछ ।
२०७४ माघ ८ गते प्रकाशित
वि.सं.२०७४ माघ ८ सोमवार १२:५१ मा प्रकाशित