back
NMB ad

अब सातवटै प्रदेशमा सूचना आयोग स्थापना हुनु पर्छ

Kumari bank ad

पाँचथर । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सातवटै प्रदेशमा प्रादेशिक सूचना आयोगको गठन गर्नुपर्ने जरुरी रहेको बताएका छन् । पाँचथरको फिदिममा आज बिहान रासससित कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

यस्तै मुलुकमा रहेका ७५३ वटा स्थानीय तहमा उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा सूचना आयोगको बोर्ड गठन गर्नुपर्ने बताए । उनले भने, “प्रत्येक नेपालीलाई सूचना दिने र पाउने अधिकार नेपालको धारा २७ मा उल्लेख गरिएको छ, तर मानवअधिकारको घोषणापत्र १९४७ लाई हेर्दा सूचना प्रवाहको हक छुटेको छ, त्यसलाई संविधान संशोधनमार्फत यो बुँदा थप्न आवश्यक छ ।”

उनले सूचनाको हक प्रवाहको निम्ति राज्य प्रणाली आफैँ जुर्मुराउनुपर्ने बताउँदै आम नागरिकलाई सजग गराउनु सरकारकै कर्तव्य रहेको उल्लेख गरे । राज्य प्रणालीले सूचना एक प्रकारले विज्ञापनको रुपमा प्रचार गर्नुपर्ने भए तापनि सञ्चारकर्मीलाई समेत उपलब्ध नगराउनु दुर्भाग्य रहेको उनको भनाइ छ ।

जुन सरकार सूचना लुकाउन उद्दत हुन्छ त्यो जनतामाझ अलोकप्रिय हुन्छ र उसको आयु पनि लामो नहुने उनको भनाइ छ । उनले भने, “जनताको घरघरमा गएर घुम्ती शिविरमार्फत सरकारी निकायले सूचना प्रवाह गर्नुपर्दछ ।”

२०७४ माघ ९ गते प्रकाशित

वि.सं.२०७४ माघ ९ मंगलवार ११:२३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...