back
NMB ad

यस्तो छ संसद् बैठक आह्वान र सरकार गठनको तयारी

Kumari bank ad

बुटवल । प्रदेश नं. ५ का प्रमुख उमाकान्त झाले प्रदेशसभा बैठक र प्रदेश सरकार गठनको तयारी भइरहेको बताएका छन् ।

प्रदेशसभा सदस्यलाई पद तथा गोपनियताको शपथग्रहण गराउने मुख्य काम सकिएपछि उनी प्रदेशसभा बैठक र प्रदेश सरकार गठनको तयारीमा जटेका हुन् ।

प्रदेश प्रमुख झाले मुलुकमा प्रादेशिक संरचना नयाँ र पहिलो अभ्यास भएकाले संवैधानिक प्रावधान अनुसार नै सबै काम हुने बताउँदै तोकिएको समयभित्रै प्रदेशसभा बैठक र प्रदेश सरकार गठन हुने बताए ।

निर्वाचन आयोगले प्रदेशसभा सदस्यको निर्वाचन परिणाम सार्वजनिक गरेको २० दिनभित्र प्रदेशसभाको बैठक र ३० दिनभित्र मुख्यमन्त्री अर्थात सरकार गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेशसभाको बैठक आह्वानका लागि अब दुई हप्ताभन्दा कम समय छ भने सरकार गठनका लागि २३ दिन मात्र बाँकी छ । प्रदेश प्रमुख झाले आफूले संविधानले दिएको दायरा भित्रै रहेर बैठक आह्वान र सरकार गठनका लागि तयारी गरिरहेको जानकारी दिए ।

संसद् सञ्चालनका लागि आवश्यक कर्मचारी आएपछि समयभित्रै काम शुरु हुने बताउँदै उनले यही माघ २३ गते भित्र प्रदेश संसद् आह्वान गर्ने र सो बैठकले आगामी फागनु ३ गते भित्र मुख्यमन्त्री चयन गरिसक्नु पर्ने गरी तयारी भइरहेको जानकारी दिए ।

संसद् सचिवालयको कार्यालय बुटवल उद्योग वाणिज्य संघमा तोकिएकाले त्यही हलमा संसद्को पहिलो बैठक बस्ने प्रमुख झाले बताए । त्यसपछि सरकार गठन प्रक्रिया शुरु हुने र यसका लागि स्थानीय स्रोत साधन र पूर्वाधार जे छ त्यसमा रहेर काम अघि बढाउने उनले बताए ।

२०७४ माघ ९ गते प्रकाशित

वि.सं.२०७४ माघ ९ मंगलवार २०:५८ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...