back
NMB ad

कार बम विस्फोटनमा ३० भन्दा बढीको मृत्यु

Kumari bank ad

बेनगाजी । लिवियाको दोस्रो ठुलो सहर बेनगाजीमा दुई कारबम विस्फोट हुदाँ ३० जनाभन्दा बढीको मृत्यु भएको छ ।

जियादीहरुले गराएको विस्फोटनमा परी अरु दर्जनौ घाइते भएको पनि चिकित्सा अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मंगलबार बेलुकाको प्राथनापछि आक्रमणकारीहरुले हमला गरेका हुन् ।

अन्य सहर भन्दा शान्त मानिने बेनगाजी सहर गत बर्षको जुलाईमा जिहादी समूहबाट मुक्त घोषणा भएको थियो । सैन्य उच्च अधिकारी खालिफा हाफ्टारले जिहादी समूहबाट मुक्त भएको घोषणा गरेका थिए ।

जिहादीविरुद्ध बेनगाजीमा तीन बर्षे अभियान नै चलाइएको थियो । तर पनि हिंसात्मक घटना भने निरन्तर रुपमा भइरहेका छन् ।

मंगलबार भएका दुई घटनामध्ये पहिलो घटना भएर सुरक्षाकर्मी र आपतकालिन उद्धारकर्ताहरूले उद्धार गरिरहेको समयमा केही बेरमा अर्को घटना भएको थियो ।

सहरमै रहेको अल जाला अस्पतालका प्रवक्ता फाडिआ अल बरगाछीले अस्पतालमा २५ जनाको मृत्यु र ५१ जना घाइते भएको जानकारी दिए ।
त्यसैगरी अर्को बेनगाजी मेडिकल सेन्टरका प्रवक्ता खालिल गिडेरले आफ्नो अस्पतालमा नौ जनाको मृत्यु भएको र ३६ जना घाइते भएको बताए ।

चिकित्सा अधिकारीले घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।

२०७४ माघ १० गते प्रकाशित

वि.सं.२०७४ माघ १० बुधवार १८:१२ मा प्रकाशित

You can share this post!

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...