back
NMB ad

हङ्कङमार्फत अन्तर्राष्ट्रिय बजारमा नेपाली व्यवसाय प्रवद्र्धनको उच्च सम्भावना

Kumari bank ad

काठमाडौँ । नेपाल–हङ्कङबीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, हङ्कङमार्फत नेपालको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन र निजी क्षेत्रबीच सम्पर्क विस्तार गर्ने उद्देश्यले आज साँझ यहाँ एक छलफल कार्यक्रम आयोजना गरियो ।

नेपाल उद्योग वाणिज्य महासंघ र हङ्कङ व्यापार विकास परिषद्द्वारा संयुक्त रुपमा आयोजित ‘हङ्कङमार्फत व्यापार प्रवद्र्धनका अवसर’ विषयक व्यावसायिक छलफलमा सहभागी वक्ताले हङ्कङमार्फत अन्तर्राष्ट्रिय बजारमा नेपाली व्यवसाय प्रवद्र्धनको सम्भावना उच्च रहेको बताए ।

सो अवसरमा वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन एवं व्यापारिक सम्पर्क विस्तारमा यस्ता छलफलबाट सहयोग पुग्ने बताउँदै अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा नेपालका लागि हङ्कङ महत्वपूर्ण व्यापारिक केन्द्र बन्ने विश्वास व्यक्त गरे ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले हङ्कङसँगको व्यापार घाटा कम गर्न नेपालबाट हङ्कङ निर्यात हुने सामग्रीको सम्भाव्यता अध्ययन एवं पहिचान आवश्यक भएको बताए ।

परिषद्का दक्षिण पूर्वी एसिया तथा दक्षिण एसियाका लागि क्षेत्रीय निर्देशक पिटर होङले आपसी आर्थिक व्यावसायिक सम्बन्धलाई मजबुत बनाउन यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल सरकारका विभिन्न निकायका साथै वाणिज्य मन्त्रालयका उच्च अधिकारी, महासंघका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरु, चीन र नेपालका उद्यमी व्यवसायीको सहभागिता थियो । रासस

२०७४ माघ ११ गते प्रकाशित

वि.सं.२०७४ माघ ११ बिहीवार २२:०९ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...