back
NMB ad

दोश्रो त्रैमाससम्म टुरिजमको वित्तीय विवरण सार्वजनिक, कस्तो छ मेगासंग मिसिनु अघिको वित्तिय अवस्था ?

Kumari bank ad

काठमाडौ । टुरिजम् डेभलपमेन्ट बैकको दोस्रो त्रैमासको वित्तीय विवरणमा तीन करोड नाफा घटेको छ । बैंकको खुद नाफा गत बर्ष १४ करोड ६३ लाख रहेकोमा ११ करोड २९ लाखमा खुम्चिएको हो ।

मेगा बैकसँग गाभिने प्रकृयामा रहेको बैकको निष्कृय कर्जा समीक्षा अवधिमा १.३० प्रतिशतवाट २.१३ मा पुग्दा बैकले जोखिम कोषको रकम चार करोड ९५ लाखबाट आठ करोड ७२ लाख पुगेको छ ।

दुई अर्ब एक करोड रुपैयाँ चुक्ता पूँजी रहेको टुरिजम् बैंकले ६४ करोड ९१ लाख जगेडा सञ्चित गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ११रुपैयाँ २४ पैसा , प्रतिसेयर नेटवर्थ १३२२९ पैसा, कर्जा निक्षेप अनुपात ७६.०६ प्रतिशत, निक्षेप लागत ७.९० प्रतिशत र पूँजी कोष अनुपात १९.०२ प्रतिशत रहेको उल्लेख छ ।

समीक्षा अवधिमा बैकले २६ करोड ८४ लाख रुपैयाँ खुद व्याज आम्दानीबाट ३० करोड ५८ लाख पुर्याएको छ । दोश्रो त्रैमाससम्म बैकले १३ अर्ब १० करोड निक्षेप संकलन गरेको छ भने कर्जा लगानी ११ अर्ब ५४ करोड पुगेको छ ।

बैंकको शूल्क तथा कमिशन र अन्य सञ्चालन आम्दानी घटेको छ भने बैदेशीक मुद्रा सहटीबाट हुने आम्दानी बढेको छ । बैंकको अन्य सञ्चालन खर्च दुर्इ करोड ३६ लाख तथा कर्मचारी खर्च एक करोड २८ लाख रूपैयाँले बढेको छ ।

त्यस्तै बैंकको सञ्चालन नाफा १८ करोड ८१ लाखबाट तीन करोड घटेर १५ करोड २९ लाखमा संकुचित भएको छ भने गत बर्षको तुलनामा बैंकको निष्कृय कर्जा असुली रकम पनि एक करोड ८० लाखले घटेको देखिन्छ ।

२०७४ माघ १७ गते प्रकाशित

वि.सं.२०७४ माघ १७ बुधवार १५:५४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...