back
NMB ad

प्याराग्लाइडिङको पहिलो एसिएन कन्टिनेन्टल टुर पोखरामा हुँदै

Kumari bank ad

पोखरा । प्याराग्लाइडिङको विश्वब्यापी संस्था फेडेरेसन अफ एरोनेटिक इन्टरनेसनलको वार्षिक क्यालेन्डर बमोजिम यही फेब्रोअरी ५ देखि फेब्रोअरी ९ सम्म पोखराको साराङ्कोटमा एसिएन कन्टिनेन्टल प्याराग्लाइण्डिङ टुर हुने भएको छ ।

नेपाल एअर स्पोर्ट्स एसोसिएन नेपाल प्याराग्लाइडिङ पाइलट क्लव र नेपाल हेनग्लाइण्डिङ तथा प्याराग्लाइडिङ संघको संयुक्त आयोजना र एसिएन कन्टिनेन्टल प्याराग्लाइडिङ एसोसिएन को प्राबिधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको पूर्व सन्ध्यामा पोखरामा आयोजित पत्रकार सम्मेलनमा एसियाका नेपाल सहित २२ राष्ट्रका १५० खेलाडीले सहभागिता जनाउने र एफ ए आइको मापदण्ड पुरा गरेका अन्य खेलाडीले समेत भागलिन पाउने आयोजक संस्था नेपाल एअर स्पोर्ट्स एसोसिएनका अध्यक्ष एवं पाइलट योगेश भट्टराइले जानकारी दिए ।

प्याराग्लाइडिङ खेल साहसिक भएको र त्यो संगै सुरक्षाको हिसाबले अत्यन्तै चनाखो भएर प्रतियोगिता संचालन गर्नुपर्ने हुँदा सबै सुरक्षा निकाय, रेस्क्यु टिम, हेलिकप्टर र एम्बुलेन्स प्रतियोगिता अवधिभर तयारी अवस्थामा रहने आयोजकले जनाएको छ ।

५ दिनसम्म चल्ने प्रतियोगितामा एफएआइको जुरी कमिटीले ५ वोटा छुट्टाछुट्टै टास्क दिने छ र पाँचै दिनको टास्क सबै भन्दा छिटो पुरागर्ने खेलाडीले प्रतियोगिताको उपाधि पाउनेछन । साथै उत्कृस्ट पाइलटको एफएआइको र्यांकिंगमा नम्बर समेत बढ्ने छ ।
ओभरल च्यम्पिएन, स्पोर्ट्स क्याटेगोरी र उमन्स क्याटेगोरीमा उत्कृस्ट खेलाडी छानिनेछ भने आयोजकको पहलमा नेपाल च्यम्पिएन र टिम च्याम्पियन छानिने छ ।

अफएआइ क्याटोगरि टु अन्तर्गत एस अघि १७ पटक नेपाल ओपन प्याराग्लाइडिङ च्यम्पिएनशिप आयोजना भैसकेको छ भने २ पटक प्याराग्लाइडिङको प्रि वर्ल्डकप संचालन भैसकेको छ ।

यो प्रतियोगिता राम्रोसंग सम्पन्न भएमा अर्को वर्ष वर्ल्डकप आयोजना गर्न थप बल मिल्ने प्रतियोगिताका संयोजक र्इन्द्रप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतियोगिताको पूर्वसन्ध्यामा फेब्रुअरी ४ तारिखमा पोखराको हल्लन चोकदेखि अम्बोटसम्म संस्कृतिक झाँकी सहित प्रतियोगी खेलाडीले आफ्नो देशको झन्डा सहित मार्चपास गर्ने छन् ।

२०७४ माघ १९ गते प्रकाशित

वि.सं.२०७४ माघ १९ शुक्रवार २२:१२ मा प्रकाशित

You can share this post!

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२६

काठमाडौँ, १६ वैशाख: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

लगानी सम्मेलनः उद्घाटन सत्रमा विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी   

लगानी सम्मेलनः उद्घाटन सत्रमा विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२१

काठमाडौँ, १६ वैशाखः तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको...

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:०७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी...

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५९

काठमाडौँ, १६ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...