back
NMB ad

उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दर्ता गरिएका समाचार नै ‘झुटा’ ठहर

Kumari bank ad

बेइजिङ, चीन । चिनियाँ पत्रकार संगठनले सन् २०१६ र २०१७ मा प्रकाशित गरिएका समाचारमध्ये राष्ट्रिय उत्कृष्ट पत्रकारिताका लागि दर्ता भएका ९२ समाचारलाई झुटा विवरण भनी आइतबार प्रतिस्पर्धाका लागि अयोग्य ठहर गरेको छ ।

अयोग्य ठहर गरिएका समाचार विवरणमध्ये ७१ समाचार रेडियो तथा टेलिभिजनका लागि तयार गरिएका समाचार रहेका संगठनले उल्लेख गरेको छ ।

संगठनले केही समाचार बिषयको वास्तविक भाव परिवर्तन गरी प्रतिस्पर्धाका लागि दर्ता गरिएको तथा केही समाचार सामग्री झुटा रहेको बताएको छ ।

समाचारमा तथ्यगत सामग्रीको प्रयोग नगरिँदा यसले चिनियाँ पत्रकारिता पुरस्कारमाथिको विश्वसनीयता तथा विशेषतामा नै असर पर्ने चिनियाँ पत्रकार संगठनले जनाएको छ ।

संगठनले पुरस्कारका लागि तय गरिएको उक्त मापदण्डले झुटा समाचार निर्माण तथा प्रशारणमा योगदान गर्ने विश्वास लिएकोे बताएको छ ।

संगठनले सन् १९९० मा स्थापना गरेको चिनियाँ पत्रकारिता पुरस्कार र चाङजियाङ तथा ताओफेन पुरस्कारहरू चीनको पत्रकारिता क्षेत्रमा सबैभन्दा उत्कृष्ट (ठूला) पुरस्कारहरू हुन् ।

२०७४ माघ २२ गते प्रकाशित

वि.सं.२०७४ माघ २२ सोमवार ०७:३७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...