back
NMB ad

प्रदेश ४ को पहिलो बैठकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मरण

Kumari bank ad

पोखरा । प्रदेश नं ४ को प्रदेशसभाको सोमबार सम्पन्न पहिलो बैठकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै शाहप्रति सम्मान व्यक्त गरिएको छ ।

बैठकमा पहिलो वक्ताका रुपमा प्रदेशसभा सदस्य पृथ्वीसुब्बा गुरुङले तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आधुनिक नेपालको सीमा निर्धारण गर्ने सन्दर्भमा साम्राज्यवाद विरुद्ध खेलेको भूमिकाको प्रशंसा गरे ।

सांसद गुरुङले भने– “हामी आज जुन ठाउँमा उभिएर बैठक गर्दैछौँ, यो त्यस्तो प्रदेश हो, जहाँबाट राष्ट्रिय एकीकरणको अभियान शुरु गरेर आधुनिक नेपालको निर्माण भएको थियो ।”

राष्ट्रिय स्वाधिनताको मुद्दामा प्रदेशसभा अखण्ड, एकीकृत र समृद्ध नेपाल निर्माण गर्ने काममा प्रतिबद्ध रहने विश्वास पनि उनले दिलाए । अर्का वक्ता किरण गुरुङले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेकै कारण आज हामी नेपाली भनेर गर्वका साथ बाँच्न पाएका छौँ भने ।

उनले भने– “गोर्खा राज्य विस्तारको नेतृत्व पृथ्वीनारायणले गर्नुभएको थियो, म यतिबेला सर्वप्रथम उहाँलाई स्मरण गर्दै सम्मान गर्न चाहन्छु, ।” दुवैजना वक्ता प्रदेश नं ४ का मुख्य मन्त्रीका दावेदार पनि छन् ।

२०७४ माघ २३ गते प्रकाशित

वि.सं.२०७४ माघ २३ मंगलवार १०:५७ मा प्रकाशित

You can share this post!

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...