back
NMB ad

धितोपत्र बजार : ४ अर्बको आईपिओ पाइपलाइनमा, ११ अर्बको हकप्रद आउदै

Kumari bank ad

काठमाडौ । पछिल्लो समय धितोपत्र बजारमा ठुलो मात्रामा सेयर थपिएका छन् । राष्ट्र बैङ्कको पुँजी सिलिङ भेट्नको लागि विभिन्न बैङ्क, वित्तिय संस्था तथा विभिन्न कम्पनीहरुले आईपिओ, एफपिओ र हकप्रद तथा बोनस निष्काशनमा तिव्रता दिएका छन् ।

धितोपत्र बोर्डका अनुसार पछिल्लो ६ महिनामा ४६ वटा संस्थाहरुले २७ अर्व ७६ करोड रुपैयाँको सार्वजनिक निष्काशन गर्ने अनुमती पाएका छन् । जसमध्ये ९ वटा कम्पनीलाई २ अर्ब ८६ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन (आइपिओ)को लागि अनुमित दिएको छ।

त्यस्तै ३ वटा कम्पनीले २ अर्व ६७ करोड रुपैयाँको थप सार्वजनिक शेयर निष्काशन (एफपिओ), ४ वटा सामूहिक लगानी कोषले ४ वटा योजनाको लागि ४ अर्व ७० करोड रुपैयाँको इकाई निष्काशन तथा ३० वटा कम्पनीले १७ अर्व ५३ करोड रुपैयाँको हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएका छन्।

बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ तथा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्दे्शिका २०७४ का प्रावधानहरु लागु गरी छिटो छरितो तरिकाबाट सेयर निष्कासन गर्ने बाटो दिएको छ ।

नियमावलीमा तोकेका सम्पूर्ण विवरण तथा कागजात प्राप्त भएको मितिले ७ कार्य दिन भित्र निवेदन साथ संलग्न विवरण तथा कागजातमा आवश्यकता अनुसार सुझाव दिने र तत्पश्चात सुझाव अनुसार आवश्यक सुधार गरी विवरण तथा कागजात प्राप्त भएको ५ कार्य दिन भित्र निष्काशन अनुमति प्रदान गर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

यस अवधिमा १५ वटा संस्थाले आईपिओ निष्काशनको लागि आवेदन दिएका छन । जसमध्ये ५ कम्पनीको विवरणपत्र तथा अन्य कागजातहरुमा अध्ययनको क्रममा रहेको बोर्डले जनाएको छ । १० वटा कम्पनीहरुको विवरणपत्रमा आवश्यक सुधार एवं संशोधनकालागि बोर्डले पठाइएकोमा सम्बन्धित संस्थाबाट प्राप्त हुन बाँकी रहेको छ । आवेदन गरेका १५ वटा संस्थाको आईपिओ निष्काशनको रकम ३ अर्व ९० करोड रहेको बोर्डले जनाएइको छ ।

त्यसैगरी १७ कम्पनीले हकप्रद शेयर निष्काशनको लागि अनुमतिका लागि आवेदन गरेका छन । १७ संस्थाले ११ अर्व ७६ करोड बराबरको हकप्रद निष्कासनको माग गरेका छन् । जसमध्ये ३ वटालाई अनुमति प्रदान गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको छ भने ११ वटा कम्पनीको प्राप्त बिवरणमा आवश्यक सुधारका लागि लेखी पठाएको बोर्डले जानकारी दिएको छ ।

त्यसैगरी यस अवधिमा बोर्डले संगठित संस्थाको मुनाफाबाट भएको बचत तथा जगेडा कोषलाई पूँजीकरण गरी अतिरिक्त शेयरको रुपमा विद्यमान शेयरधनीहरुलाई प्रदान गरिने ३० वटा संगठित संस्थाहरुको ७ अर्व ८२ करोड रुपैयाँ बरावरको बोनस शेयर दर्ता गरेको छ। गत आर्थिक वर्षको यहि अवधिमा ५२ वटा कम्पनीले १० अर्ब ८९ करोड रुपैयाँको बोनस शेयर शेयर दिएका थिए ।

२०७४ माघ २३ गते प्रकाशित

वि.सं.२०७४ माघ २३ मंगलवार ११:३८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...