back
NMB ad

आधा वर्षमै सत्ताइस अर्ब ७६ करोड बराबरको आइपिओ, एफपिओ, हकप्रद र बोनस सेयरबजारमा

Kumari bank ad

काठमाडौंँ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको ६ महिनामा रु २७ अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति प्रदान गरेको छ ।

बोर्डले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार चालु आवमा गत आवको तुलनामा सार्वजनिक निष्काशन अनुमति लिनेको संख्या र रकम दुबैमा बढोत्तरी भएको हो ।

अघिल्लो वर्षको तुलनामा ६ दशमलव ९८ प्रतिशत तथा रकमको आधारमा ३० दशमलव ४५ प्रतिशतले वृद्धि भई कूल ४६ वटा संस्थाले सार्वजनिक निष्काशनको अनुमति लिएका हुन् ।

यसरी विभिन्न नौवटा कम्पनीको रु दुई अर्ब ८६ करोड बराबरको साधारण शेयर (आइपिओ), तीन कम्पनीको रु दुई अर्ब ६७ करोड बराबरको थप सार्वजनिक निष्काशन (एफपीओ), चार कम्पनीको सामूहिक लगानी कोषको रु चार अर्ब ७० करोड रकम बराबरको इकाई निष्काशन र ३० कम्पनीको रु १७ अर्ब ५३ करोड रकम बराबरको हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिइएको छ ।

बोर्डकाअनुसार ३० वटा संगठित संस्थाले रु सात अर्ब ८२ करोड रकम बराबरको बोनस शेयर दर्ता गराएका छन् । गत आवमा यस अवधिमा ५२ वटा कम्पनीले रु १० अर्ब ८९ करोड बरावरको बोनस शेयर दर्ता गराएका थिए ।

बोर्डले सार्वजनिक निष्काशन अनुमति दिने प्रक्रियालाई छिटोछरितो बनाएको छ । तोकेका विवरण तथा कागजात प्राप्त भएको मितिले सात दिनभित्र अनुमति दिने गरिएको बोर्डका प्रवक्ता नीरज गिरीले जानकारी दिए ।

बोर्डमा विभिन्न १५ संस्थाले आइपीओ निष्काशनको लागि आवेदन दिएकोमा पाँच कम्पनीको विवरणपत्र तथा अन्य कागजात अध्ययनको क्रममा छन् ।

यस्तै दश कम्पनीको विवरणपत्रमा आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाइएको छ । यसैगरी १७ कम्पनीले हकप्रद शेयर निष्काशनको लागि अनुमति माग गरेकोमा तीनवटा अनुमति प्राप्त हुने चरणमा पुगेको छ ।

आवेदन दिएका विभिन्न १५ कम्पनीको रु तीन अर्ब ९० करोड तथा १७ कम्पनीको रु ११ अर्ब ७६ करोड बराबरको हकप्रद शेयर निष्काशनको विभिन्न चरणमा छन् ।

२०७४ माघ २३ गते प्रकाशित

वि.सं.२०७४ माघ २३ मंगलवार १५:४६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...