back
NMB ad

पहाडमा अझै प्रयोग हुन्छ ढिके नून, आयोडिनयुक्त नूनको प्रयोगमा जोड दिदै साल्ट ट्रेडिङ

Kumari bank ad

चितवन । आयोडिनयुक्त नूनको प्रयोगमा जोड दिए पनि चितवनको पहाडी क्षेत्रमा भने अझै ढिके नूनको प्रयोग रोकिएको छैन ।

पहाडी इलाकामा बस्ने चेपाङ समुदायमा उचित चेतना नपुग्दा ढिके नून कै प्रयोग भइरहेको हो । स्थानीय दलबहादुर चेपाङ गाउँमा ढिके नूनको माग अझै जारी रहेको बताउछन् ।

चालू फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाउने कार्यक्रम अन्तर्गत चितवनमा पनि आयोडिनयुक्त नूनको प्रयोगमा जोड दिँदै चेतनामूलक कार्यक्रमका साथ आयोडिन महिना मनाउने क्रम जारी छ ।

पहाडी क्षेत्रमा अझै आयोडिनयुक्त नूनको प्रयोग कम हुने गरेकाले त्यसलाई केन्द्रित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड चितवनले यसपालि गाउँ केन्द्रित र सर्वसाधारणमा केन्द्रित कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए ।

उनले गाउँमा ढिके नूनको प्रयोग अझै रहेकाले यसमा आयोडिन उडेर जाने भन्दै आयोडिनयुक्त पोका नून प्रयोग गर्न गाउँगाउँमा सचेतना कार्यक्रम चलाइएको बताए ।

नवलपुर जिल्लाको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकाका स्कुल, स्वास्थ्य चौकी तथा आयोडिनसम्बन्धी कार्यक्रम गरिएको भन्दै उनले अब केही दिनभित्रैमा चितवनको पहाडी इलाका शक्तिखोरमा पनि चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए ।

जनस्वास्थ्य कार्यालय चितवनको पोषण कार्यक्रमका स्रोत व्यक्ति अनुप अधिकारीको अध्ययनमा पनि चितवनको पहाडी इलाकामा अझै आयोडिनयुक्त नूनको प्रयोगमा कमी छ । ढिकै नून कै माग भइरहेको पाइए पनि विगतको भन्दा केही चेतना भने आएको अधिकारीले बताए ।

मानिसको दैनिक जीवनमा नभई नहुने सुक्ष्म पोषकतत्व आयोडिनको अभावमा विभिन्न रोग लाग्न सक्ने भन्दै यसको महत्वबारे जानकारी दिन र प्रयोग बढाउन चितवनमा प्रचारात्मक कार्यक्रम भइरहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड चितवनका प्रमुख दाहालको भनाइ छ ।

अहिले जिल्लाका आठ स्थानमा तुल, ब्यानर टाँग्ने, स्वास्थ्यकर्मीसँग अन्तरक्रिया गर्ने, विभिन्न हाटबजारमा पुगेर प्रचार अभियान चलाउने, सञ्चारमाध्याममा सूचना प्रेसित गर्ने काम भइरहेको साल्ट ट्रेडिङले जनाएको छ ।

चितवनको रत्ननगर, कविलास, शिवनगर, नवलपुरका स्कुलमा पुगेर विद्यार्थीलाई आयोडिनको महत्वबारे समेत जानकारी गराएको दाहाल बताउछन् ।
आयोडिनको कमीले गलगाँड आउने, गर्भ तुहिने, मृत बच्चा जन्मने, जन्मिएका पनि अपांग हुनसक्ने, लुलो र सुस्त बच्चा जन्मन सक्ने, मानसिक तथा बौद्धिक क्षमतामा कमी तथा आलस्यपनलगायत समस्या देखिने हुन्छ । एक स्वस्थ मानिसलाई दैनिक कम्तीमा १२५ माइक्रोग्राम आयोडिन आवश्यक पर्छ ।

२०७४ माघ २९ गते प्रकाशित

वि.सं.२०७४ माघ २९ सोमवार १६:१९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...