back
NMB ad

मौद्रिक नीतिको मध्यावधि समीक्षा : पुनर्कर्जा कोषको आकार २५ अर्ब, ओभर ड्राफ्ट कर्जा १५ प्रतिशतमात्रै, शेयर बजारमा असर

Kumari bank ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दैनिक वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपातको गणना मासिक रुपमा गणना गर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै वाणिज्य बैंकलाई राहत दिने गरी यस्तो व्यवस्था गरेको हो । मौद्रिक नीतिले बैंकले हर्जना तिर्न पनि मासिक औसतलाई आधार मान्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले ओभर ड्राफ्ट कर्जामा बैंक तथा वित्तीय संस्थालाई झन् कडाइ गरेको छ ।

यसको असर केही हदसम्म शेयर बजारमा पनि पर्ने आँकलन गरिएको छ । बैंकहरुले अब कूल कर्जाको बढीमा १५ प्रतिशतसम्म मात्र ओभर ड्राफ्ट कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । आगामी विसं २०७५ पुस मसान्तभित्र १५ प्रतिशतको सीमामा ल्याउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बैंकले पुनर्कर्जा कोषमा रु पाँच अर्ब थप्ने निर्णय पनि गरेको छ । यससँगै पुनर्कर्जा कोषको आकार रु २० अर्बबाट रु २५ अर्ब पुगेको छ ।

वाणिज्य बैंकलाई प्राथमिकता प्राप्त क्षेत्रमा कूल कर्जाको २५ प्रतिशत हिस्सा कायम गर्न आगामी असार मसान्तसम्मको म्याद दिइएकामा अब कर्जा विस्तार गर्न नसक्ने बैंकले सीमाभन्दा बढी कर्जा प्रवाह गरेका अन्य बैंक ऋण बुक गर्न पाउने छन् ।

त्यसैगरी राष्ट्र बैंकले एउटा बैंकले अर्को बैंकको ऋण किन्न पाउने व्यवस्था गरेको छ । ऊर्जा, कृषि, पर्यटनलगायत उत्पादनशील क्षेत्रमा रहेको एउटा बैंकको ऋण अर्को बैंकले किन्न पाउने व्यवस्था गरिएको हो । वाणिज्य बैंक नपुगेका स्थानीय निकायमा शाखा नखोलेका बैंकलाई राजधानीमा शाखा विस्तारमा राष्ट्र बैंकले बन्देज लगाएको छ ।

तोकिएको स्थानीय निकायमा शाखा खोल्ने बैंकलाई राष्ट्र बैंकले एक वर्षका लागि प्रतिशाखा रु एक करोड निव्र्याजी सापटी दिने घोषणा पनि गरेको छ । सार्वजनिक संस्थानलाई वाणिज्य बैंकमा मात्र खाता सञ्चालन तथा कारोवार गर्न लगाउने व्यवस्था पनि केन्द्रीय बैंकले गर्ने भएको छ । यसले अहिले देखिएको लगानीयोग्य रकमको अभाव हटाउन टेवा पुग्ने विश्वास राष्ट्र बैंकले लिएको छ ।

२०७४ फागुन १ गते प्रकाशित

वि.सं.२०७४ फागुन १ मंगलवार ०८:१६ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...