back
NMB ad

मिस ईकलेज २०१८ को ताज काजल तामाङले पहिरिन

Kumari bank ad

काठमाडौं । सिजन मिडियाले राजधानीको अक्षरा स्कुल काडाघारीमा शनिबार आयोजना गरेको ‘मिस ईकलेज २०१८’ मा व्रिटीस कलेजमा अध्यायनरत २० वर्षीय काजल तामाङले शीर्ष ताज चुम्न सफल भइन । उनलाई मिस इकलेज २०१५ की विजेता नितिका कर्मचायले ताज पहिराइ दिएकी थिइन ।

उनले विधागत तर्फको ‘मिस पर्सनालीटीको टाइटल अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । भने उपहार स्वरुप १ लाख ८० हजार पर्ने स्कुटर त्यस्तै ५ दिनको वैङकक भ्रमण, लेटमिइनको तर्फवाट २० हजारको गिफ्ट भौचर, नेपाल एयरहोस्टेस एकाडमीको तर्फवाट ३५ हजारको छात्रावृति प्राप्त गरिन् ।

उक्त प्रतियोगितामा सोफिया श्रेष्ठ फष्ट रनरअप र विधागत तर्फ अर्गनाइजर च्वाइस अवार्ड र वेस्ट क्रियटिभिटी अवार्ड पनि हात पारीन ।
आस्मी गौतम सेकेण्ड रनरअप भइन । साथै फस्ट रनरअप र सेकेन्ड रनरअपले डोगी स्मार्ट फोन र ५ दिने थाइल्याण्ड भ्रमणको अवसर प्राप्त गरे ।

अपेक्षा ढुङगाना थर्ड रनरअप साथै मिस क्याटवाकको उपाधी पनि हातपारिन । अलिसा श्रेष्ठ फोर्थ रनरअप भए संगै मस्ट ट्यालेन्ट र भिर्योस अवार्ड पनि हातपारिन ।

विधागततर्फ सकिना खड्का ‘मिस पपुलर’ रविना लामिछाने मिस फ्रेन्डसिप, सविता लामा मिस फोटोजेनिक, उर्मीला गोले मिस हेल्दी स्माइल, मनिसा वराइली मिस डिसिप्लिन, कसक प्रधान बेष्ट हेयर घोषित भए ।

त्यस्तै पासाङ लामु सेर्पा मिस फिटनेश, सोनिया श्रेष्ठ वेष्ट फिगर, करुना गुरुङ वेष्ट स्कीन, रोजीना केसी मिस स्टाइलीस, आसा लिम्वु फेशवुक लाइक अवार्ड, पेमा लामाले युट्युव मल्टी मिडिया अवार्ड आफ्नो पोल्टामा पार्न सफल भए ।

प्रतियोगिताको निर्णायकमा नोवल कलेजका संस्थापक निर्देशक उत्तम भौकाजी, अक्षरा स्कुलकी संस्थापक प्रिन्सिपल अन्जु भट्टराई, नेपाल एयरलाइन्सका वोर्ड डाइरेक्टर अच्युतराज पहाडी, काठमाडौं होम्सका प्रवन्ध निर्देशक सुजन लामिछाने, पत्रकार निमा काफ्ले, सिम्रिक एयरका चिफ एयर होस्टेस अस्मिता खनाल र वरिष्ठ सौदर्यकर्मी सिता न्यौपाने पाठक रहेका थिए । साथै विभिन्न क्षेत्रका व्यक्तीहरुको भव्य रुपमा उपस्थिति रहेको थियो ।

क्त प्रतियोगीतामा अफिसियल कोरियो ग्राफर रोजिन शाक्यले कार्यक्रम सञ्चालन गरेका थिए, भने सम्पूर्ण प्रतियोगीहरुलाई एक महिनाको लामो प्रशिक्षण पछि यो कार्यक्रम भव्य रुपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । अन्तिम प्रतियोगितामा सौन्दर्यकर्मी इश्वरी श्रेष्ठ तामाङले सवै प्रतियोगीहरुलाई सुन्दर वनाइकी थिइन् ।

उक्त कार्यक्रममा लोक गायक तथा मोडल दिनेश थापाको सांङगीतिक प्रस्तुतीले सवैलाई नचाएको थियो । अनु वुढा मगरको नृत्यले सवैलाई रोमान्चित वनाएको सिजन मिडियाका सञ्चालक प्रदीपराज वन्तले जानकारी दिए ।

२०७४ फागुन ६ गते प्रकाशित

वि.सं.२०७४ फागुन ६ आइतवार १८:५९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...