back
NMB ad

विहीबार समग्र बजार पूँजीकरण १६ खर्ब २२ अर्ब रुपैयाँ

Kumari bank ad

काठमाडौं । साताको अन्तिम दिनको सेयर बजारमा सामान्य गिरावट देखिएको छ ।

नेप्से ०.१० अंकले घटेर १३८६.९८ विन्दुमा बन्द भएको छ । कारोबारमा आएका अधिकाशं समूहका सूचक नकारात्मक रहेपछि बजार सामान्य घटेको हो । बजार घटेपनि अघिल्लो कारोबारको तुलनामा कारोबार रकममा भने सुधार आएको छ । विहीबार समग्र बजार पूँजीकरण १६ खर्ब २२ अर्ब रूपैयाँमा समेटिएको छ ।

विहीबार नेप्सेमा १५७ कम्पनीको १० लाख ८६ हजार ४१ कित्ता शेयर ४२ करोड ५० लाख रुपैयाँमा किनबेच भयो । बुधबार तुलनामा कारोबार रकम १४ करोड बढी हो । नेपाल लाइफ इन्स्योरेन्सको संस्थापको सेयरको कारोबारले पनि कारोबार रकम उकास्न टेवा पुर्याएको छ। यसदिन नेपाल लाइफको ५ करोड ५० लाख बराबरको संस्थापक सेयरको कारोबार भयो ।

नयाँ सरकार गठन भएपनि मन्त्रालय बाँडफाँड लगायतका काम हुन नसक्दा सेयरबजारका लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामै देखिएका छन् । यतिबेला सेयरबजारमा अर्थमन्त्री को बन्ला बन्ने बिषयले समेत चर्चा पाएको छ ।

विहीबार १३८७.१० अंकमा खुलेको बजार पहिलो दुई घण्टा नकारात्मक रहेपछि त्यसपछि तिब्र गतिले बढेर १३९५ अंकसम्म पुगेको थियो । तर पछिल्लो आधा घण्टामा ओरालो लागेको बजार १३८६ विन्दुमा झरेको हो ।

कारोबार भएका उपसूचकमध्ये वाणिज्य बैंक, होटल, जलविद्युत, बीमा र लघुवित्त समूहको सूचक ओरालो लागेको छ। यस दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ३४.६६ अंकले घटेको छ ।

त्यस्तै होटल ९.९४,माइक्रोफाइनान्स ४.४८, हाइड्रोपावर ३.१५ र बैंकिङ समुह ० .४१ अंकले घटेको छ । विकास बैंक, वित्त, उत्पादन र अन्य समूहको सूचक बढेको छ ।

विहीबारको कारोबारमा बोटलर्स नेपाल तराईको शेयर सबैभन्दा धेरै ३.९८ प्रतिशतले बढेको छ भने नागबेली लघुवित्तको शेयर ३.८३ प्रतिशतले घटेको छ ।

२०७४ फागुन १० मा प्रकाशित

वि.सं.२०७४ फागुन १० बिहीवार १६:११ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...