back
NMB ad

किन मानेन विद्युत प्राधिकरणले सौर्य विद्युत खरिद गर्न ?

Kumari bank ad

काठमाडौँ । सौर्य ऊर्जा उद्यमीले नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पिपिए) गर्न आलटाल गरेको भन्दै आपत्ति जनाएका छन् ।

उनीहरुले सरकारकै प्रस्तावमा आफूहरुले मुलुकका विभिन्न स्थानमा सौर्य ऊर्जा प्रणाली जडानका लागि जग्गा खरिद गरेको र सम्पूर्ण प्रक्रिया अगाडि बढाए पनि सम्झौता नहुँदा निर्माण शुरु गर्न अप्ठ्यारो परेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

ऊर्जा मन्त्रालयले जारी गरेको ‘राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्ययोजना, २०७२’ मार्पmत राष्ट्रिय ग्रीड प्रणालीमा सौर्य तथा वायु ऊर्जा उत्पादन गर्ने अवधारणामा आधारित भएर सौर्य ऊर्जा प्रणाली जडानका लागि आफूहरु प्रक्रियामा सहभागी भएको उनीहरुको भनाइ छ ।

प्रतियुनिट रु ९.६१ मा सौर्य ऊर्जा खरिद गर्ने प्रस्ताव गरिए पनि त्यसलाई हालसम्म कार्यान्वयन नगरिएको र प्रतिष्पर्धात्मक बोलपत्रबाट सहभागी व्यवसायीलाई प्राधिकरणले अन्याय गरेको उनीहरुको आरोप छ । प्रतियुनिट मूल्य कायम गरी राष्ट्रिय ग्रीडमा जडान हुने फोटोभोल्टिक सौर्य तथा वायु विद्युतीय ऊर्जाका लागि बेन्च मार्क विद्युत् खरिददरका रुपमा कायम गर्ने व्यवस्था भएको छ । विशेष गरी बढी विद्युत् माग हुने तराईका विभिन्न स्थानमा ६४ मेगावाट क्षमताको सौर्य प्रणाली जडानका लागि प्राधिकरणले २०७३ साल जेठ २६ गते बोलपत्र आह्वान गरेको थियो ।

ग्रीड कनेक्टेड सौर्य फोटोभेल्टिक परियोजना निर्माता संस्थाका संयोजक गुरुप्रसाद न्यौपानेले सरकारले गरेकै प्रस्तावअनुसार आफूहरु सौर्य ऊर्जा प्रणाली जडानका लागि तयार भए पनि विद्युत् खरिद सम्झौता नहुँदा समस्यामा परेको गुनासो गरे ।

२०७४ फागुन १० गते प्रकाशित

वि.सं.२०७४ फागुन १० बिहीवार १९:४० मा प्रकाशित

You can share this post!

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...