back
NMB ad

यसरी गर्नुहोस् आजैबाट बजारमा आएका जलविद्युतको साढे दुई अर्ब रुपैयाको आइपिओमा आवेदन

Kumari bank ad

काठमाडौ । सेयर बजारमा शुक्रबार देखी दुई जलविद्युत कम्पनीको २ अर्ब ५१ करोड ६० लाख रुपैया बराबरको आइपिओमा लगानी खुल्ला भएको छ । रसुवागढी जलविद्युत र साञ्जेनको गरि एकै पटक उक्त परिमाणमा आइपिओ बजारमा आएको हो ।

उक्त आइपिओमा सञ्चयकोषका ६ लाख बढी सञ्चयकर्ता, कोषका कर्मचारी, रसुवाका साविक गाविसका कर्मचारी र रसुवा विल्ला समन्वय समितिमा कार्यरत कर्मचारीहरुले आवेदन गर्न पाउने आयोजनाले जनाएको छ । आइपिओ बिक्रिका लागि सम्पुर्ण प्रक्रिया सकिएको पनि आयोजनाले जनाएको छ ।

एउटै समयमा सेयर बिक्री गर्न लागेका रसुवागढी र साञ्जेन दुवै चिलिमे जलविद्युत कम्पनीका सहायक कम्पनीहरु हुन् । दुवै आयोजनाको सेयर एकैपटक निष्काशन भएकाले लगानीकर्तालाई सहज हुने र दुवै आयोजनामा कर्मचारी सञ्चयकोषको लगानी भएकाले कोषमा कार्यरत कर्मचारी तथा सञ्चयकर्ताहरुले बढी सेयर पाउनेछन् ।

सिद्धार्थ क्यापिटल र ग्लोबल आइएमई क्यापिटल मार्फत बिक्री हुने रसुवागढीको एक अर्ब ६४ करोड रुपैया बराबरको आइपिओमा सञ्चयकोषका सञ्चयकर्ता, कर्मचारी र ऋण लागानी गर्ने संस्थाका कर्मचारीले आवेदन दिन पाउनेछन् । उक्त आइपिओमा कोषका कर्मचारीले २ हजार ५ सय कित्ता र अन्यले ५ सय कित्ता बराबर आवेदन दिन पाउने बिक्री प्रबन्धकले जनाएका छन् ।

लगानी संरचना संस्थापक ५१ र सर्वसाधारण ४९ प्रतिशत भएको रसुवागढीले दोस्रो चरणमा रसुवावासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत गरि १ अर्ब ७५ करोड रुपैया बराबरको आइपिओ जारी गर्नेछ ।

त्यस्तै साञ्जेन जलविद्युत कम्पनीले पनी शुक्रबार अर्थात आजैबाट ८७ करोड ६० लाख रुपैया बराबरको आइपिओको बिक्री सुरुवात गरेको छ । नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक तोकेको आयोजनाले सञ्चयकर्तालाई बढीमा ३ सय कित्तामा आवेदन दिनसक्ने बताएको छ । आजबाट बजारमा आएका दुवै कम्पनीका सेयर सिआस्वा मार्फत कारोबार गर्न सकिने व्यावस्था मिलाइएको छ ।

२०७४ फागुन ११ गते प्रकाशित

वि.सं.२०७४ फागुन ११ शुक्रवार ०८:३३ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:४२

खजुरा (बाँके), १६ वैशाख : नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर...

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:३७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा...