back
NMB ad

करिव १२ करोड बराबरको कारोबार गर्दै सम्पन्न भयो पाल्पा महोत्सव

Kumari bank ad

पाल्पा । पाल्पा उद्योग वाणिज्य संघको आयोजनमा सुरु भएको पाल्पा महोत्सव तथा व्यापार मेलामा रु १२ करोड बराबरको कारोबार गर्दै सम्पन्न भएको छ ।

तानसेनको टुँडीखेल मैदानमा गत फागुन ३ देखि १३ गतेसम्म चलेको पाल्पा महोत्सव तथा व्यापार मेलामा रु १२ करोड १० लाख बराबरको कारोबार भएको छ भने तीन लाख दर्शकले मेला अवलोकन गरेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक दीपकप्रसाद पाण्डेले बताए ।
मेलाको समापनका अवसरमा प्रतिनिधिसभाका सदस्य सोमप्रसाद पाण्डेले पाल्पालाई पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढाउन सकिने बताए ।
सिद्धबाबा सडकखण्डको जोखिमयुक्त सडक सुधार गर्दै जाने उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य डा पुरनमान बज्राचार्य, नारायणप्रसाद आचार्य, जिल्ला समन्वय समितिका सभापति दयाराज बस्याल, प्रमख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मधुदयाल सैजुले स्वदेशी उत्पादनको बजार प्रवद्र्धनमा मेलाले टेवा पु¥याएको बताए ।

मेलामा स्थानीय खानाको परिकार, बाल उद्यान, कर्णेल उजुरसिंह थापाको पूर्णकदको सालिक, पाल्पालाई झल्काउने फोटो प्रदर्शनी धार्मिक तथा ऐतिहाासिक स्थलको परिचय, काष्ठकला, स्थानीय घरेलु तथा कुटिर उद्योग, टर्की चरा, उँट, अष्टिज चरा, भूकम्प प्रतिरोधी घर निर्माणको प्रदर्शनी, कृषि तथा वन्यजन्तुका उत्पादनका सामग्री समेतको विशेष आकर्षण रहेको थियो ।

प्रकाशित मिति २०७४ फाल्गुण १४ गते

वि.सं.२०७४ फागुन १४ सोमवार ११:१४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...