काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले आइपिओ बिक्री खुला गरेको छ ।
फागुन १५ गतेदेखि कम्पनीले १०० रुपैयाँ अंकित दरको दुई करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आइपिओ निष्कासन गरेको हो ।
कम्पनीले निष्कासन गरेको २ लाख ९४ हजार कित्ता सेयरमध्ये ८ हजार ८२० कित्ता सेयर कर्मचारी र १४ हजार ७०० कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी २ लाख ७० हजार ४८० कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।
उक्त आइपिओमा यही फागुन १५ गतेदेखि फागुन २१ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ । विक्रीप्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।
२०७४ फागुन १५ गते प्रकाशित
वि.सं.२०७४ फागुन १५ मंगलवार १३:४७ मा प्रकाशित