back
NMB ad

विष्फोटक पदार्थसहित १ जना पक्राउ

Kumari bank ad

काठमाडौँ । प्रहरीले विष्फोटक पदार्थसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले जाँचका क्रममा गएराति धादिङबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ९७१९ नं को बसमा यात्रा गरिआएका दैलेख नौमूले गाउँपालिका–८ का दशरथबहादुर शाहीलाई विष्फोटक पदार्थसहित पक्राउ गरेको हो ।

शाहीले झोलामा राखेर ल्याएको डेटोनेटर ४४ थान, लोला १२ थान, ‘सेफ्टीफ्युज’ २५ मिटर, कालो टेप दुई थान र रबरको गुलेली एउटा बरामद गरिएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले पक्राउ परेका शाही रसुवामा सडक निर्माणमा मजदुरको रुपमा काम गर्ने गरेको र सडक निर्माणका लागि ल्याएको विष्फोटक पदार्थ चोरेर हिँडेको अनुसन्धनाको क्रममा खुलेको जानकारी दिए ।

ठेकेदारले काम गरेबापत दिनुपर्ने रु ३१ हजार नदिएको झोंकमा आफूले विष्फोटक पदार्थ चोरेर भागेको उनले प्रहरीसामु बयान दिएका छन् ।

२०७४ फागुन १६ गते

वि.सं.२०७४ फागुन १६ बुधवार १७:३८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...